लन्डन । नेपलिज हार्ट फाउण्डेशन यूकेको अगुवाइमा लन्डनमा एउटा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके र नेपलिज नर्सिंग एसोसिएसन यूकेको सहकार्यमा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकारहरुले मुटु, ब्लड प्रेसर, हाइ कोलेष्टोल जस्ता रोग, जोखिम र यसबाट निरोगी हुने उपायबारे प्रिजेन्टेशन दिए । बेलायतको व्यस्तताबीच आफ्नो स्वास्थ्यप्रति सजग रहन वक्ताहरुको सुझाव थियो ।
कार्यक्रममा कोरोनरी हार्ट डिजिजबारे कार्डियोलोजिष्ट डा. अच्युत धितालले प्रिजेन्टेशन दिए भने फाउण्डेशन अध्यक्ष विकलचन्द्र आयार्चले हृदयघातबारे प्रकाश पारे । आचार्यले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न र अभ्यास निरन्तर गर्न सुझाए ।
नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. अरुणकुमार झाले डिमेन्सिया र स्टोकबारे एवं नेपलिज नर्सिंग एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले कार्डियोपल्मोनरी रिस्यूसिटेशन (सिपिआर) बारे प्रिजेन्टेशन दिए भने नेपलिज नर्सिंग एसोसिएसन र व्लड डोनर्स आवद्ध प्रसुना कंडेलले रगतको महत्वबारे उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विभिन्न संस्थाको सक्रियतामा स्वास्थ्य सचेतना कार्यक्रम गरिनु प्रशंसनीय कार्य भएको जनाए । नेपालबाट आएकी नर्स राधा पौडेलले यस्ता कार्यक्रम नेपालमा पनि जरुरी रहेको बताइन् । पौडेलले नेपालमा हार्ट अट्याक र डिमेन्सिया पीडितको अवस्था झन् दयनीय भएको उल्लेख गरिन् । कार्यक्रममा फाउण्डेशनका ट्रष्टी अध्यक्ष उत्तम अमात्यले स्वागत मन्तव्य दिए । कार्यक्रममा नर्सिंग एसोसिएसन पूर्व अध्यक्ष बासु लामिछानेले धन्यवाद मन्तव्य दिएका थिए । उक्त कार्यक्रम सफल बनाउन जया राई, प्रसुना कंडेल लगायतको सक्रिय सहभागिता थियो ।
नेपाली सहभागी कार्यक्रम, वक्ता नेपाली नै र कार्यक्रमको उद्देश्य स्वास्थ्य चेतना दिनु रहेपनि वक्ता डाक्टरहरुले अंग्रेजीमा प्रिजेन्टेशन दिंदा सर्वसाधारण दर्शकहरु अलमलझैं देखिन्थे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा