बेलायतमा स्वास्थ्य सचेतना कार्यक्रम

11015142_10203781595889209_1551585572_n

लन्डन । नेपलिज हार्ट फाउण्डेशन यूकेको अगुवाइमा लन्डनमा एउटा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपलिज डक्टर्स एसोसिएसन यूके,  नेपलिज ब्लड डोनर्स यूके र नेपलिज नर्सिंग एसोसिएसन यूकेको सहकार्यमा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकारहरुले मुटु, ब्लड प्रेसर, हाइ कोलेष्टोल जस्ता रोग, जोखिम र यसबाट निरोगी हुने उपायबारे प्रिजेन्टेशन दिए । बेलायतको व्यस्तताबीच आफ्नो स्वास्थ्यप्रति सजग रहन वक्ताहरुको सुझाव थियो ।

कार्यक्रममा कोरोनरी हार्ट डिजिजबारे कार्डियोलोजिष्ट डा. अच्युत धितालले प्रिजेन्टेशन दिए भने फाउण्डेशन अध्यक्ष विकलचन्द्र आयार्चले हृदयघातबारे प्रकाश पारे । आचार्यले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न र अभ्यास निरन्तर गर्न सुझाए ।
नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. अरुणकुमार झाले डिमेन्सिया र स्टोकबारे एवं नेपलिज नर्सिंग एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले कार्डियोपल्मोनरी रिस्यूसिटेशन (सिपिआर) बारे प्रिजेन्टेशन दिए भने नेपलिज नर्सिंग एसोसिएसन र व्लड डोनर्स आवद्ध प्रसुना कंडेलले रगतको महत्वबारे उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विभिन्न संस्थाको सक्रियतामा स्वास्थ्य सचेतना कार्यक्रम गरिनु प्रशंसनीय कार्य भएको जनाए । नेपालबाट आएकी नर्स राधा पौडेलले यस्ता कार्यक्रम नेपालमा पनि जरुरी रहेको बताइन् । पौडेलले नेपालमा हार्ट अट्याक र डिमेन्सिया पीडितको अवस्था झन् दयनीय भएको उल्लेख गरिन् ।   कार्यक्रममा फाउण्डेशनका ट्रष्टी अध्यक्ष उत्तम अमात्यले स्वागत मन्तव्य दिए । कार्यक्रममा नर्सिंग एसोसिएसन पूर्व अध्यक्ष बासु लामिछानेले धन्यवाद मन्तव्य दिएका थिए । उक्त कार्यक्रम सफल बनाउन जया राई, प्रसुना कंडेल लगायतको सक्रिय सहभागिता थियो ।

नेपाली सहभागी कार्यक्रम, वक्ता नेपाली नै र कार्यक्रमको उद्देश्य स्वास्थ्य चेतना दिनु रहेपनि वक्ता डाक्टरहरुले अंग्रेजीमा प्रिजेन्टेशन दिंदा सर्वसाधारण दर्शकहरु अलमलझैं देखिन्थे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री