‘एनआरएनए यूकेको वैमनस्यता थेम्स् नदीमा सेलाइयो’

विशेष साधारणसभाको एउटा झलक

विशेष साधारणसभाको एउटा झलक

लन्डन । एनआरएनए यूकेको विगत डेढ वर्षदेखि उत्पन्न विवाद अब सदाका लागि अन्त्य भएको निष्कर्ष विशेष साधारणसभाको अध्यक्ष मण्डलले निकालेको छ । मण्डलले शनिवार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको साझा संस्थाको उच्चतम गरिमालाई छातीमा राखी केही समय बैमनयस्यता खडा गर्ने बैरी खराव विचारहरुलाई अब थेम्स् नदीको पिधैंमा पुग्ने गरी सदाका लागि अन्त्य गरिएको जनाएको छ ।

“संघभित्र हामी कसैले नरुचाउंदा नरुचाउंदै, नचाहंदा नचाहंदै र संस्थालाई राम्रै गर्छु भन्दाभन्दै किन हो किन एक आपसमा विद्वेष, मनमुटाव र बैमनस्य गरिरहे जस्तो देखिन पुग्यौं”, अध्यक्ष मण्डललका संयोजक भक्त गुरुङले जारी गरेको विज्ञप्तिमा छ, “आज ति सम्पूर्ण तिक्तताहरु गलत हुन भन्ने पूर्णतयः महशुस गरी विदेश तथा स्वदेशमा रहेका हामी सम्पूर्ण नेपालीको साझा संस्थाको उच्चतम गरिमालाई छातीमा साक्षी राखी हामीबीच बैमनयस्यता खडा गर्ने ति हाम्रा बैरी खराव विचारहरुलाई थेम्स नदीको पिधैंमा पुग्ने गरी सदाका लागि अन्त्य गरिदिएका छौं ।”

अध्यक्ष मण्डलले साधारण सभाले संघभित्र विद्यमान रहेको आर्थिक पारदर्शिता सम्बन्धि विभिन्न प्रश्न उठिरहेको सन्दर्भलाई मध्यनजर राखी संघको आर्थिक पक्षमाथि आवश्यक छानवीन गरी सत्यतथ्य रिपोर्ट संघको आगामी राष्ट्रिय परिषदको अधिवेशनमा पेश गर्न अध्यक्ष मण्डलका सदस्य तथा सल्लाहकार समितिका सदस्य कमल गुरुङको संयोजकत्वमा अध्यक्षमण्डलका सदस्य तथा सल्लाहकार समितिका सदस्य राष्ट्र राई उपसंयोजक रहेको आर्थिक छानवीन समिति गठन गरेको समेत जनाएको छ । यस अलावा संघभित्र उत्पन्न अनुशासन सम्बन्धि प्रश्नहरुलाई सम्बोधन गरी संघलाई मर्यादित र अनुशासित संस्थाको रुपमा स्थापित गर्न संघका संरक्षक परिषदका अध्यक्षको संयोजनमा, अध्यक्ष मण्डलका सदस्य तथा संघका सल्लाहकार समितिका सदस्य ले. चन्द्रबहादुर गुरुङको सह–संयोजकत्वमा अनुशासन छानवीन समिति गठन भएको समेत जनाइएको छ ।

साधारणसभाले संघको विधि विधानभित्र रही संघको संरक्षण परिषदको निर्देशन र सुपरिपेक्षणमा काठमाडौंमा यसैवर्ष आयोजना हुने अन्तर्राष्ट्रिय कमिटीको महाधिवेसन तथा विश्व सम्मेलन अगावै आगामी ६ महिनाभित्रमा संघको राष्ट्रिय परिषदको अधिवेशन सम्पन्न गरी नयां कार्यसमितिको निर्वाचन गर्न कार्यसमितिलाई निर्देशन दिएको पनि जनाएको छ ।

विज्ञप्ति जस्ताको तस्तैः

गैर आवासीय नेपाली संघ बेलायतको विशेष साधारण सभा–२०१५ को अध्यक्ष मण्डलको प्रेस विज्ञप्ति

सम्पूर्ण मित्रहरु,

गैर आवासीय नेपाली संघ बेलायतको विगत डेढ वर्षदेखि उत्पन्न विवादलाई “सैनिक–वस्तीको” रुपमा परिचित नेपालीहरुको बसोवासस्थल बेलायतस्थित रमणीय शहर अल्डरसटमा संघको विशेष साधारण सभाको आयोजना गर्दै अन्त्य गरेका छौं । यो अवधिमा संघभित्र हामी कसैले नरुचाउंदा नरुचाउंदै, नचाहंदा नचाहंदै र संस्थालाई राम्रै गर्छु भन्दाभन्दै किन हो किन एक आपसमा विद्वेष, मनमुटाव र बैमनस्य गरिरहे जस्तो देखिन पुग्यौं । आज ति सम्पूर्ण तिक्तताहरु गलत हुन भन्ने पूर्णतयः महशुस गरी विदेश तथा स्वदेशमा रहेका हामी सम्पूर्ण नेपालीको साझा संस्थाको उच्चतम गरिमालाई छातीमा साक्षी राखी हामीबीच बैमनयस्यता खडा गर्ने ति हाम्रा बैरी खराव विचारहरुलाई थेम्स नदीको पिधैंमा पुग्ने गरी सदाका लागि अन्त्य गरिदिएका छौं ।

यस क्रममा हामीलाई अध्यक्षमण्डलको जिम्मेवारी दिनुहुने निवर्तमान कार्यसमितिका सम्पूर्ण साथीहरुलाई अध्यक्ष मण्डलको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । विशेष साधारण सभामा संघको आतिथ्यलाई स्वीकार गरी पाल्नुहुने संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव श्री कुमार पन्त ज्यू, यूरोप संयोजक श्री अर्जुन श्रेष्ठ ज्यू, संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक तथा सल्लाहकार ज्यूहरु, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य ज्यूहरु, संघको विशिष्ठ अतिथ्यता ग्रहण गर्नुहुने नेपाली दूतावास लण्डनका महामहिम कार्यवाहक राजदूत श्री तेजबहादुर क्षेत्री ज्यू, मिलिटरी अट्याची श्री प्रदिपजंग के.सी ज्यू, बेलायतमा कार्यरत विभिन्न नेपाली संघसंस्थाका समाजसेवी अगुवा साथीहरु, पत्रकार बन्धुहरु लगायत सम्पूर्ण अतिथि महानुभावहरुलाई अध्यक्षमण्डलको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

साधारण सभाले संघभित्र विद्यमान रहेको आर्थिक पारदर्शिता सम्बन्धि विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भलाई मध्यनजर राखी संघको आर्थिक पक्षमाथि आवश्यक छानविन गरी सत्यतथ्य रिपोर्ट संघको आगामी राष्ट्रिय परिषदको अधिवेशनमा पेश गर्न अध्यक्ष मण्डलका सदस्य तथा सल्लाहकार समितिका सदस्य श्री कमल गुरुङको संयोजकत्वमा अध्यक्षमण्डलका सदस्य तथा सल्लाहकार समितिका सदस्य श्री राष्ट्र राई उपसंयोजक रहेको आर्थिक छानवीन समिति गठन गरेको छ । संघभित्र उत्पन्न अनुशासन सम्बन्धि प्रश्नहरुलाई सम्बोधन गरी संघलाई मर्यादित र अनुशासित संस्थाको रुपमा स्थापित गर्न संघका संरक्षक परिषदका अध्यक्षको संयोजनमा, अध्यक्ष मण्डलका सदस्य तथा संघका सल्लाहकार समितिका सदस्य श्री ले. चन्द्रबहादुर गुरुङको सह–संयोजकत्वमा अनुशासन छानवीन समिति गठन गरेका छौं ।

साधारण सभाले संघले आफ्नो यस छोटो कार्यअवधिमा सम्पन्न गरेका महत्वपूर्ण कार्यहरुलाई उच्च मुल्यांकन गरेको छ । संघको निवर्तमान महासचिव श्री योगकुमार फगामी ज्यूको नेतृत्वमा म्याग्दी जिल्लाको प्रशिद्ध गलेश्वर मन्दिर परिसरमा बृद्धाश्रम निर्माण गरी समाजसेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनुभएकोमा उहांलाई उच्च मुल्यांकन गर्दै धन्यवाद दिइएको छ, र सो वृद्धाश्रममा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष श्री शेष घले ज्यूकी श्रीमति श्रीमति जमुना घले ज्यूको सहयोगमा थप भवन निर्माण गर्दै गरेको अवस्थामा सो बृद्धाश्रमको बाँकी सम्पूर्ण कार्यहरु सम्पन्न गरी स्थानीय उपभोक्ताहरुलाई सो बृद्धाश्रम हस्तान्तरण समेत गर्ने गरी अगुवाई गर्न श्री फगामी ज्यूलाई नै जिम्मेवारी दिइएको छ ।

साधारणसभाले संघको विधिविधानभित्र रही, संघको संरक्षण परिषदको निर्देशन र सुपरिपेक्षणमा काठमाडौंमा यसैवर्ष आयोजना हुने अन्तर्राष्ट्रिय कमिटीको महाधिवेसन तथा विश्व सम्मेलन अगावै आगामी ६ महिनाभित्रमा संघको राष्ट्रिय परिषदको अधिवेशन सम्पन्न गरी नयां कार्यसमितिको निर्वाचन कार्य सम्पन्न गर्न कार्यसमितिलाई निर्देशन दिने काम गरेको छ । साधारण सभाले संघका अध्यक्ष श्री योगेनबहादुर क्षेत्री, संघका महासचिव श्री योगकुमार फगामी र संघका सचिव श्रीमति संगिता मरहट्ठाले आ–आफ्नो पदबाट दिएको राजीनामालाई ग्रहण गरी स्वीकार गर्यो । वहाँहरुले आफ्नो कार्यकालमा संस्थाप्रति दर्शाउनुभएको योगदानको उच्च कदर गर्दै संघको नेतृत्व हस्तान्तरण कार्यमा सहयोग पुर्याउनुभएकोमा हार्दिक धन्यवाद दिइयो । साधारणसभाले संघका अध्यक्ष श्री योगेनबहादुर क्षेत्री, महासचिव श्री योगकुमार फगामी र सचिव श्रीमति संगिता मरहट्ठाले राजीनामा दिई मार्ग प्रशस्त गरिदिनुभएको सन्दर्भ र संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले राष्ट्रिय परिषदलाई गरेको पत्राचार तथा निर्देशनहरुलाई समेत मध्यनजर राखी राष्ट्रिय समन्वय परिषदको बांकी अवधिको नेतृत्व गर्न श्री महेन्द्र कंडेल ज्यूलाई जिम्मेवारी दिइयो । साधारण सभाले संघको फार्नवोरो घोषणालाई अनुमोदन गरेको छ र संरक्षक परिषदको गठन समेत गरेको छ ।

संघको जीवनमा यस्ता राम्रा नराम्रा उतारचढावहरु आइरहनु स्वभाविक छ । बुद्धिमानी त्यो हो जसले यस्ता घट्नाहरुबाट राम्रो पाठ सिक्न सक्छ । यो ऐतिहासिक दिनले संस्थालाई सहि दिशामा जाने मार्ग खोलिदिएको छ । यस कार्यमा हामी अध्यक्ष मण्डललाई सहयोग पुर्याउने निर्वतमान अध्यक्ष श्री योगनबहादुर क्षेत्री ज्यू, निवर्तमान महासचिव श्री योगकुमार फगामी ज्यू, निर्वतमान सचिव श्रीमति संगिता मरहट्ठा ज्यू लगायत कार्यसमितिका सम्पूर्ण साथीहरु प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु । हामीलाई विश्वास छ माथी उल्लेखित विभिन्न जिम्मेवारी पाउनुभएका सम्पूर्ण साथीहरुले हाम्रो मातृभुमि देश नेपाल र हामी विदेश तथा स्वदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सेवाको लागि आफ्नो आत्मालाई साक्षी राखी मन, वचन र कर्मले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुहुने नै छ ।

हार्दिक धन्यवाद सहित,

भक्त गुरुङ

संयोजक
अध्यक्ष मण्डल, गैर आवासीय नेपाली संघ बेलायत
विशेष साधारण सभा–२०१५

प्रतिक्रिया

सम्बन्धित सामाग्री