लन्डन । पहिलो विश्व युद्धमा बहादुरी पूर्वक लडेर ब्रिटिश सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रसबाट सम्मानित भूतपूर्व गोर्खा सैनिक करनबहादुर रानाको सम्मानमा ब्रिटेनको राष्ट्रिय स्मारक उद्यान, स्टाफोर्डसायरमा एउटा स्मृति शिला राखिएको छ ।
राना सहित बेलायतबाहेक मुलुकका अन्य १४४ भिक्टोरिया क्रस विजेताको सम्मानमा समेत स्मृति शिलाहरु राखिने ब्रिटिश विदेश मन्त्रालयले जनाएको छ । गत अगष्ट २०१३ मा समुदायसम्वन्धि मन्त्री इरिक पिकल्स्ले प्रथम विश्वयुद्धमा भिसी पाउने योद्धाहरुको सम्मानमा स्मृति शिला राखिने राष्ट्रव्यापी अभियान घोषणा गरेका थिए ।
मन्त्रालयले जनाएअनुसार ९७ वर्ष अघि सन् १९१८, अप्रिल १० मा इजिप्टमा भएको लडाईंमा अभूतपूर्व साहस देखाएकाले रानालाई उक्त तक्मा प्रदान गरिएको थियो । रानाले पाएको तक्मा अहिले ब्रिटेनको विन्चेस्टरस्थित गोर्खा संग्रहालयमा संग्रहित छ ।
ब्रिटेनका समुदायसम्बन्धी मन्त्री स्टेफेन विलियम्सले भने, ‘करनबहादुर राना ब्रिटेनका लागि पहिलो विश्व युद्धमा लड्ने हजारौं गोर्खा सैनिकहरुमध्ये एक थिए । उनले आफ्नो ज्यानको बाजी मारेर लडाईंमा देखाएको बहादुरी झण्डै सय वर्षपछि पनि प्रेरणादायक छ ।’
सन् १८९८, २१ डिसेम्बरमा जन्मिएका रानाले राइफलम्यानका रुपमा सेकेन्ड बटालियन, थर्ड गोर्खा राइफल्स्मा सेवा गरेका थिए । उनको १९७३, २५ जुलाइमा गुल्मीको लिटुंगमा निधन भएको थियो ।
प्रथम विश्वयुद्धका दौरान दुई गोर्खालीले भिक्टोरिया क्रस पाएका थिए । सन् १९१४ देखि १८ सम्म भएको प्रथम विश्वयुद्धमा दुई लाख भन्दा बढि गोर्खाले ब्रिटिश आर्मीमार्फत लडाईं गरेका थिए । तिनमा करिब बीस हजार मारिएका र झण्डै दुई हजार जनाले ग्यालेन्ट्री अवार्ड पाएका इतिहास छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा