
लन्डन । अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अर्को नयां अन्तर्राष्ट्रिय नियुक्ति पाएका छन् । संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानव अधिकार सम्वन्धि विशेष दूतको रुपमा उनको ६ वर्ष लामो कार्यकाल सकिनै लागेका बेला प्रा. सुवेदीलाई स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्च र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार र दिगो आर्थिक विकास केन्द्रले वैदेशिक लगानी सम्वन्धि अन्तर्राष्ट्रिय नीति निर्माण गर्न गठन गरेको एक उच्चस्तरिय कार्यसमितिमा नियुक्ति गरेको हो ।
डाभोसस्थित उक्त संस्था संसारका राजनीतिक नेताहरु, ठूला औद्योगिक लगानीकर्ता र उद्यमीहरुको विश्वको आर्थिक स्थितिबारे छलफल र नीति निर्माण गर्ने प्रतिष्ठित संस्था हो । संसारका विभिन्न प्रतिष्ठित संस्थाबाट विशेष दक्षताका आधारमा नियुक्ति गरिएका विशेषज्ञहरुको उक्त कार्यसमितिमा प्रा. सुवेदीलाई उनको अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्वन्धि कानुनमा भएको दक्षताको आधारमा नियुक्ति गरिएको हो । उनको यस विषय सम्वन्धि सन् २००८ मा अक्फोर्डबाट प्रकाशित ग्रन्थ संसारका धेरै विश्वविद्यालयमा पठनपाठनमा उपयोग हुंदै आएको छ । उनी बेलायतको लिड्स विश्व
विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र लन्डनमा व्यारिष्टर छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त