
लन्डन । अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अर्को नयां अन्तर्राष्ट्रिय नियुक्ति पाएका छन् । संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानव अधिकार सम्वन्धि विशेष दूतको रुपमा उनको ६ वर्ष लामो कार्यकाल सकिनै लागेका बेला प्रा. सुवेदीलाई स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्च र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार र दिगो आर्थिक विकास केन्द्रले वैदेशिक लगानी सम्वन्धि अन्तर्राष्ट्रिय नीति निर्माण गर्न गठन गरेको एक उच्चस्तरिय कार्यसमितिमा नियुक्ति गरेको हो ।
डाभोसस्थित उक्त संस्था संसारका राजनीतिक नेताहरु, ठूला औद्योगिक लगानीकर्ता र उद्यमीहरुको विश्वको आर्थिक स्थितिबारे छलफल र नीति निर्माण गर्ने प्रतिष्ठित संस्था हो । संसारका विभिन्न प्रतिष्ठित संस्थाबाट विशेष दक्षताका आधारमा नियुक्ति गरिएका विशेषज्ञहरुको उक्त कार्यसमितिमा प्रा. सुवेदीलाई उनको अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्वन्धि कानुनमा भएको दक्षताको आधारमा नियुक्ति गरिएको हो । उनको यस विषय सम्वन्धि सन् २००८ मा अक्फोर्डबाट प्रकाशित ग्रन्थ संसारका धेरै विश्वविद्यालयमा पठनपाठनमा उपयोग हुंदै आएको छ । उनी बेलायतको लिड्स विश्व
विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र लन्डनमा व्यारिष्टर छन् ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित