मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १७:३८ | UK Time: 12:53

एमाले नेतृ झांक्री लन्डन आउंदै

वीनेपाली
२०७१ फागुन १४ गते १:३५

1919588_1191753027588_1925250_n
लन्डन । नेपालको विद्यार्थी आन्दोलनमा सधैं अग्रपंक्तिमा रहन सफल एमाले नेतृ रामकुमारी झांक्री लन्डन आउने भएकी छिन् । प्रवासी नेपाली मञ्च यूकेले आगामी मार्च ७, २०१५ शनिवार अल्डरसटमा गर्न लागेको १०५ औं अन्तर्राष्टिय नारी दिवस कार्यक्रममा विशेष अतिथीका रुपमा झांक्री आउन लागेको मञ्चका
अध्यक्ष रामशरण सिम्खडाले जनाएका छन् । नारी दिवस भएकाले कार्यक्रममा मञ्चले महिला नेतृ नै निमन्त्रणा गरेको हो ।

आगामी साता लन्डन आउन लागेकी झांक्री यहां करिब साता दिन जति रहने अपेक्षा छ । अनेरास्ववियु केन्द्रिय अध्यक्ष भइसकेकी झांक्रीले समसामयिक राजनीतिक परिस्थितिबारे मन्तव्य दिनेछिन् ।

चितवनका चेपांग महिला तथा बालबालिकाको सहयोगार्थ हुन लागेको उक्त कार्यक्रमको संयोजन सुशिला राईले गरिरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक