हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको वार्षिक साधारणसभा

HGNC AGM 14 - 2

लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको वार्षिक साधारणसभा गत २१ 
फेब्रुअरीका दिन सम्पन्न भएको छ ।

प्रमुख अतिथी आदिवासी जनजाति महिला संघ यूकेकी महासचिव विमला सेने र कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष सूर्य लिम्बुले संयुक्त रुपमा दीप प्रज्वलन गरि सभा उद्घाटन गरेका थिए ।

साधारणसभाको शुरुमा सन् २०१४ सालमा संस्थाले गुमाएका दुई सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

उक्त अवसरमा गत नोभेम्बर १८ का दिन संस्थाले प्राप्त गरेको समाधिस्थलका लागि दुई सय पाउण्डभन्दा माथि आर्थिक सहयोग गर्ने १५ जनालाई प्रमाणपत्र वितरण गरियो । साधारणसभामा संस्थाका कोषाध्यक्ष, सचिव र अध्यक्षको बेग्ला बेग्लै वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

हिलिङडन बरोमा रहेका गोर्खा एवं नेपालीहरुलाई गोर्खा इन्टिग्रेशन फण्ड टिम, सिआरआइ (क्राइम रिडक्शन इनिसियटिभ) टिमले सञ्चालन गरेका विभिन्न क्रियाकलाप जस्तैः इसोल, युथ इन्टिग्रेशन प्रोग्राम दि च्यालेञ्ज, स साना नेपाली वालवालिकालाई नेपाली भाषा कक्षा सञ्चालन जस्ता विषयहरुमा कृष्टि पर्नेलले प्रस्तुत गरेकी थिइन् ।
हिलिङडन गोर्खा नेपलिज कम्युनिटीले नेपाली भाषा, संस्कृति र रितिरिवाज जगेर्ना गर्ने कार्य नयां पुस्तामा हस्तान्तरण गर्न हिलिङडन गोर्खा नेपलिज युथ क्लव समेत गठन गरेको छ । विशाल गुरुङको अध्यक्षतामा गठित क्लवमा तीस जना सदस्यहरु छन् ।
साधारणसभाको पहिलो सत्रमा प्रमुख अतिथी सेनेले संस्थाका क्रियाकलापहरुको प्रशंसा गर्दै संस्थाले महिला र युवाहरुको मर्म र भावना समेत समेट्ने प्रयास गरेकामा धन्यवाद व्यक्त गरिन् । दोश्रो सत्रमा विधान संशोधनसहित भावी कार्यक्रमबारे गहन छलफल भएको थियो । युथ क्लवको नयां वर्ष कार्यक्रम, गृष्मकालिन भेटघाट, तीज र दशैं तिहारका कार्यक्रम समेत कसरी गर्ने भन्नेबारे सदस्यहरुबाट राय आदानप्रदान भयो । संस्थाका सचिव तेज पुनमगरले सञ्चालन गरेको उक्त साधारणसभा अध्यक्ष सूर्य लिम्बुले धन्यवाद सहित समापन गरेका थिए । सभामा हिलिङडन काउन्सिलकी स्ट्रोंगर सोसाइटी म्यानेजर फिओना गिव्स्लाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री