लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको वार्षिक साधारणसभा गत २१ फेब्रुअरीका दिन सम्पन्न भएको छ ।
प्रमुख अतिथी आदिवासी जनजाति महिला संघ यूकेकी महासचिव विमला सेने र कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष सूर्य लिम्बुले संयुक्त रुपमा दीप प्रज्वलन गरि सभा उद्घाटन गरेका थिए ।
साधारणसभाको शुरुमा सन् २०१४ सालमा संस्थाले गुमाएका दुई सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
उक्त अवसरमा गत नोभेम्बर १८ का दिन संस्थाले प्राप्त गरेको समाधिस्थलका लागि दुई सय पाउण्डभन्दा माथि आर्थिक सहयोग गर्ने १५ जनालाई प्रमाणपत्र वितरण गरियो । साधारणसभामा संस्थाका कोषाध्यक्ष, सचिव र अध्यक्षको बेग्ला बेग्लै वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
हिलिङडन बरोमा रहेका गोर्खा एवं नेपालीहरुलाई गोर्खा इन्टिग्रेशन फण्ड टिम, सिआरआइ (क्राइम रिडक्शन इनिसियटिभ) टिमले सञ्चालन गरेका विभिन्न क्रियाकलाप जस्तैः इसोल, युथ इन्टिग्रेशन प्रोग्राम दि च्यालेञ्ज, स साना नेपाली वालवालिकालाई नेपाली भाषा कक्षा सञ्चालन जस्ता विषयहरुमा कृष्टि पर्नेलले प्रस्तुत गरेकी थिइन् ।
हिलिङडन गोर्खा नेपलिज कम्युनिटीले नेपाली भाषा, संस्कृति र रितिरिवाज जगेर्ना गर्ने कार्य नयां पुस्तामा हस्तान्तरण गर्न हिलिङडन गोर्खा नेपलिज युथ क्लव समेत गठन गरेको छ । विशाल गुरुङको अध्यक्षतामा गठित क्लवमा तीस जना सदस्यहरु छन् ।
साधारणसभाको पहिलो सत्रमा प्रमुख अतिथी सेनेले संस्थाका क्रियाकलापहरुको प्रशंसा गर्दै संस्थाले महिला र युवाहरुको मर्म र भावना समेत समेट्ने प्रयास गरेकामा धन्यवाद व्यक्त गरिन् । दोश्रो सत्रमा विधान संशोधनसहित भावी कार्यक्रमबारे गहन छलफल भएको थियो । युथ क्लवको नयां वर्ष कार्यक्रम, गृष्मकालिन भेटघाट, तीज र दशैं तिहारका कार्यक्रम समेत कसरी गर्ने भन्नेबारे सदस्यहरुबाट राय आदानप्रदान भयो । संस्थाका सचिव तेज पुनमगरले सञ्चालन गरेको उक्त साधारणसभा अध्यक्ष सूर्य लिम्बुले धन्यवाद सहित समापन गरेका थिए । सभामा हिलिङडन काउन्सिलकी स्ट्रोंगर सोसाइटी म्यानेजर फिओना गिव्स्लाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई