लन्डन । झमक घिमिरे, नेपाली साहित्यमा एक अद्भूत प्रतिभाशाली अवोला । शारिरिक रुपमा असक्त भएपनि सशक्त धेरैका लागि प्रेरणाको श्रोत हुन् उनी । बोल्न नसक्ने र खुट्टाले लेख्ने यी लेखिकाको कलमले हर प्रकारका विभेद, कुसंस्कार र अन्धविश्वासको विरोध गर्दै वैचारिक स्वतन्त्रताको शंखघोष गरेको ठान्नेहरु अधिक छन् । भौतिक शरीर पूर्ण नभएपनि उनी महान श्रष्टाको पंक्तिमा रहिन् । यिनै घिमिरेलाई अब सुन्न सकिने छ ।
मदन पुरस्कार सहित नेपाली साहित्यमा सर्वाधिक पुरस्कार र सम्मान दिलाउन सफल घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल सुन्ने किताव (अडियो बुक) का रुपमा आउने तयारी अन्तिम चरणमा छ । अडियो बुकका जन्मदाता खगेन्द्र नेपालीले आफ्नो वाचनको छैटौं अडियो बुकका लागि छनोट गरेका हुन् घिमिरेको उक्त कृति । ‘आउंदो महिना अडियो बुक सार्वजनिक गर्ने तयारीमा छु’, नेपालीले भने, ‘झमकको आत्मबल र जीवनीबाट प्रभावित भएर उनको रचना अरु जनमानसमा समेत थप फैलियोस् भन्ने मनसायले यो प्रोजेक्ट गरें ।’
सुन्ने किताव आठ घण्टा लामो हुनेछ । किताव सार्वजनिक भएपछि सम्भव भएसम्म अपाङ्गहरुका लागि काम गर्ने हरेक संघसंस्था, व्यक्ति र दृष्टिविहीनलाई निशुल्क वितरण गर्ने सोच नेपालीको छ ।
२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपालीलाई रिटायर्ड लाइफ घरमै बिताउनु थिएन । रेडियोमा बोलेको आफ्नो लामो अनुभव मिल्दो जुल्दो क्षेत्रमै खर्चने सोच आएपछि उनले नेपालमा प्रयोगै नभएको अडियो बुक चलनको न्वारन गरे । उनलाई नेपालको इतिहासमा अडियो बुकका जन्मदाता पनि भन्छन् ।
उनले पहिलो अडियो बुक विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त ल्याए सन् २००६ नोभेम्बरमा । त्यसै साल अप्रिलमा बीबीसी नेपाली सेवाबाट अवकास पाएपछि उनले लगत्तै आफ्नो बोल्ने कला अडियो बुकतर्फ सारेका थिए । त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक सार्वजनिक गरिसकेका छन् ।
नेपालीले अडियो बुकका धेरै विशेषता ठम्याएका छन् । जस्तो गृहिणीले भान्सामा खाना बनाउंदै गर्दा सुन्न सक्छन् । दृष्टिविहीन र आंखा उस्तो नदेख्ने वृद्धवृद्धा लाभान्वित हुने नै भए । व्यस्त जीवनशैली बांचेका जागिरेहरुले पनि गाडी हांक्दा, अभ्यास गर्दा वा होलिडेमा सुन्न सक्छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश