काठमाडौं। सत्तारुढ दल र संविधानसभा सभाध्यक्षका एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले देशव्यापी जनपरिचालनको कार्यक्रम घोषणा गर्दै केन्द्रीय वक्तासमेत तोकेको छ । एमाओवादी संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले फागुन २ गते मुलुकका प्रमुख ३५ स्थानमा बृहत् कार्यकर्ता भेला गर्ने र त्यसलाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा आयोजना गरिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ भने वरिष्ठ नेता बाबुराम भट्टराईले नेपालगन्ज र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगर, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार राजविराज र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भैरहवाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
मोर्चाले खोटाङमा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनकपुरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, बारामा सोही दलका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, कास्कीमा एमाओवादी सचिव वर्षमान पुन र चितवनमा एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटालाई केन्द्रीय वक्ता तोकेको छ ।
मोर्चाले फागुन ९ गते देशव्यापी जनपरिचालन गर्ने जनाएको छ भने माघ २९ देखि मुलुकभर कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम अगाडि सारेको छ । सहमतिका आधारमा संविधान जारी गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत दल तयार नभएको भन्दै मोर्चा आन्दोलनमा उत्रिएको हो ।
जनपरिचालनलगायत कार्यक्रमका लागि मोर्चामा आबद्ध दलका सभासदबाट २० हजारका दरले रकम उठाउने निर्णयसमेत बैठकले गरेको प्रवक्ता सिंहले जानकारी दिए । शान्तिपूर्ण आन्दोलन गर्ने र सहमतिका आधारमा संविधान जारी गर्ने वातावरण बनाउन केन्द्रित हुनेसमेत बैठकले निर्णय गरेको छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग