
लन्डन । भूपू गोर्खाहरुले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाउने कार्यक्रम बिथोल्ने भएका छन् । यही साल गोर्खा भर्तीको दुई सय वर्ष प्रवेश गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका संयोजक कृष्ण राईले वी नेपालीलाई जनाए । भूपू गोर्खाहरुका ऐतिहासिक समस्या एवं भेदभाव छानवीन गर्न गठित सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि बेलायत सरकारले गरेको निर्णयविरुद्ध समितिले उक्त कदम चाल्न लागेको हो । यसअघि बेलायती रक्षा मन्त्रालय (एमओडी) को उक्त निर्णयलाई ऐतिहासिक उपलव्धि बताएको समितिले आफ्ना प्रमुख माग कुनै पनि संवोधन नगरिएकाले सशक्त कदम चाल्नु परेको जनाएको छ ।
दुई सय वर्ष गांठलाई बेलायतले महत्वपूर्ण उपलव्धि र कोशेढुंगाका रुपमा चित्रित गर्दै विभिन्न समारोहसहित मनाउंदैछ । सत्याग्रह समितिले कहां कहां हुने कस्तो कार्यक्रम बिथोली आफूहरुमाथि भएको भेदभावबारे विश्व जगतलाई नकारात्मक सन्देश दिने भन्नेचाहिं निर्णय गरिसकेको छैन् ।
समितिले आगामी मार्च १५ सम्म आफ्ना प्रमुख माग संवोधन गर्न बेलायत सरकारले वार्ताको पहल नगरे अप्रिलदेखि फेरि आमरण अनसन थाल्ने निर्णय समेत गरेको छ ।
यसै साता नेपाल र ब्रिटिस सरकारलाई एमओडीको पछिल्लो निर्णयविरुद्ध कडा शब्दमा निन्दा गरि ज्ञापनपत्र समेत बुझाउने निर्णय गरिएको बैठकको अध्यक्षता गरेका राईले जनाए ।
राईले समितिका सञ्चार निर्देशक दीपक मास्केले दिएको राजीनामा स्वीकृत नहुने समेत बताएका छन् । ‘मास्केजीका केही असन्तुष्टी हामीले बुझेका छौं, त्यो समाधान हुन्छ’ राईले थपे । स्मरणरहोस्, मास्केले समितिभित्र गेसो शैली हावी भएको आरोप लगाउंदै सोमबार लिखित राजीनामा दिएका थिए ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न