काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा—एमालेसहितका दलहरुले एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत दलहरुले बहिस्कार गरेपनि प्रस्ताव निर्माण समितिबाट नयाँ संविधानको अन्तरबस्तुबारे प्रश्न निर्माण कार्य अघि बढाउने भएका छन्। समितिको पहिलो बैठक शनिबार बस्दैछ। 
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको बैठकमा सत्तारुढ चार र प्रक्रियाका पक्षमा रहेका अन्य दलले समितिको संयोजक तोक्ने र कार्यविधि कस्तो बनाउने भन्नेबारे छलफल गरेका छन्।
समितिको शनिबार हुने पहिलो बैठकमा कसरी अघि बढ्ने, कार्यविधि कस्तो बनाउने भन्नेबारे प्रक्रिया पक्षधर दलबीच छलफल भएको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए।
“समितिको संयोजक ज्येष्ठ सदस्यले गर्ने मोटामोटी सहमति छ, कार्यविधिका लागि एउटा समिति बनाएर भोलिदेखि काम सुरु गर्ने र आइतबारसम्म टुङ्गो लगाएर काम थाल्ने भन्नेबारे छलफल भयो,” मैनालीले रासससँग भनेका छन्। प्रश्नावली बनाउँदा पूर्वाग्रही नभई निष्पक्ष ढङ्गले बनाउने भन्नेबारे कुराकानी भएको पनि उनले बताए। समितिको सभापति नतोकिँदासम्म जेष्ठ नागरिकले बैठक राख्ने परम्परा छ।
संविधानसभामा प्रश्नावलीसम्बन्धी प्रस्ताव निर्माण समितिको पहिलो बैठक शनिबार १ बजेका लागि बोलाइएको छ। ७३ सदस्यीय समितिमा एनेकपा माओवादी र मधेसवादीसहितका दलहरुले नाम दिएका छैनन्। अहिलेसम्म ४९ सदस्यमात्र चयन भएका छन्।
नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले भोलिदेखि सुरु हुने प्रश्नावली समितिको प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे सत्तारुढ दलबीच छलफल भएको बताए। उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको वार्ताबारे पनि जानकारी गराएका थिए।
बैठकमा सत्तारुढ काँग्रेस, एमाले, राप्रपा, नेकपा मालेसहित राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) लगायत दलको उपस्थिति थियो।
नयाँ संविधानको अन्तरवस्तुमा सहमति जुट्न नसकेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले एकीकृत माओवादीसहित विपक्षी मोर्चाको अवरोधबीच प्रस्ताव समिति निर्माण गरेका थिए।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता