काठमाडौं। अफ्रिकी मुलुक नामिवियामा शनिबारदेखि शुरु हुने आइसिसी डिभिजन टु लिग क्रिकेट प्रतियोगिताको शीर्ष दुई स्थानमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिदैछ। पहिलो खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे युगान्डासँग प्रतिस्पर्धा हुनेछ । मलेसियामा नोभेम्बरमा भएको डिभिजन थ्रीको फाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो।
राउन्ड रोबिनको आधारमा सञ्चालित हुने प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्डसँग आइतबार खेल्ने छ। त्यसैगरी मंगलबार क्यानडासँग र बुधबार आयोजक नामिबियासँग नेपालको खेल छ। नेपालले अन्तिम खेल जनवरी शुक्रबार दिन केन्यासँग खेल्नेछ। प्रतियोगिताको फाइनल र प्लअफ खेलहरु आगमी शनिबार हुनेछ।
छ टिम सहभागी यस प्रतियोगितामा शीर्ष दुईमा पर्न सके नेपालको लक्ष्य पूरा हुनेछ। त्यसो नभए शीर्ष चारमा पर्नु नेपालको दोस्रो प्रयास हुनेछ। शीर्ष चारमा परेर प्रतियोतिगाको अन्त्य गर्न सके नेपालको डिभिजन २ हैसियत कायम रहनेछ। यो पनि नेपाली क्रिकेटका लागि ठूलै उपलब्धि हुनेछ। पुछारका दुईमा सीमित भए भने नेपाल फेरि डिभिजन ३ मै झर्नेछ।
डिभिजन १ मा उक्लन सके डिभिजन १ मा हाल भएका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, संयुक्त अरब इमिरेट्स र हङकङ तथा डिभिजन २ बाट उक्लने दुई टोली गरी आठ टिमबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ।
चार वर्ष अवधिमा लिग च्याम्पियनसिपका देशले सबै सात विपक्षीसँग ‘होम एन्ड अवे’ पद्दतिमा चार दिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछन्। च्याम्पियनसिपका शीर्ष दुई टोली २०१९ को एकदिवसीय विश्वकपको अन्तिम छनोटमा पर्नेछन्। आइसिसीले २०१९ को विश्वकपमा १० टोली मात्र सहभागी गराउने निर्णय गरिसकेकाले नेपालको छनोट सम्भावना भने व्यावहारिक रूपमा अत्यन्तै कमजोर छ। सँगसँगै, च्याम्पियनसिपको शीर्ष टोलीले टेस्ट वरियताको पुछारमा रहेको देशसँग टेस्ट शृंखला पनि खेल्न पाउनेछ। जुन शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका खेल्न सक्छ।
आइसिसीले कुनै पनि देशलाई एकदिवसीय वा टेस्ट मान्यता दिन त्यहाँको भौतिक पूर्वाधार, घरेलु क्रिकेट संरचना, बजेटको आन्तरिक स्रोत, दर्शकलगायत विषय अध्ययन गर्ने गर्छ। त्यो शृंखलामा राम्रो प्रदर्शन गर्नुका साथै देशको आन्तरिक विकासमा जोड दिने हो भने टेस्ट मान्यताको ढोका खोल्नसमेत नामिबियामा हुने डिभिजन २ को खास महत्व छ।
डिभिजन २ मा यथावत रहे नेपाल आइसिसीको ‘हाई पर्फमेन्स टिम’ मा पर्नेछ। टोलीले डिभिजन २ का देशबीच हुने आइकप खेल्न पाउनेछ। आइकपमा नेपालले सबै पाँच विपक्षीसँग ‘होम एन्ड अवे’ पद्दतिमा तीन दिवसीय खेल खेल्नेछ। ‘हाई पर्फमेन्स टिम’मा परेपछि नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) र आइसिसीबाट पाइरहेको सहयोग वृद्धि हुने तथा बलिया देशसँग सबै स्वरुपमा थप अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पनि पाउनेछ। नेपालले वार्षिक ४ लाख अमेरिकी डलर हाराहारी सहयोग पाइरहेकोमा डिभिजन २ मा टिकिरहनसके वार्षिक करिब ७ लाख डलर पाउने सम्भावना रहन्छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा