काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताएका छन्। 
समूह ‘ए’ मा पर्ने खेलाडीले ३५ हजार, ‘बी’ मा २५ हजार, ‘सी’ मा १५ हजार र ‘डी’ समूह पर्ने खेलाडीलाई पाँच हजार दिने निर्णय भएको छ।
कार्यवहाक महासचिव कर्मचार्यले नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको बताउँदै समूह ‘डी’ मा पर्ने खेलाडीको नामावली भने निश्चित भइनसकेको बताए।
नेपाली टोलीका १८ जना खेलाडी भने वर्गीकरणमा परिसकेका छन् । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् ।
यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा