काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक वर्षसम्मका लागि मासिक तलब दिने निर्णय गरेको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताएका छन्। 
समूह ‘ए’ मा पर्ने खेलाडीले ३५ हजार, ‘बी’ मा २५ हजार, ‘सी’ मा १५ हजार र ‘डी’ समूह पर्ने खेलाडीलाई पाँच हजार दिने निर्णय भएको छ।
कार्यवहाक महासचिव कर्मचार्यले नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मद्धतमा खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको बताउँदै समूह ‘डी’ मा पर्ने खेलाडीको नामावली भने निश्चित भइनसकेको बताए।
नेपाली टोलीका १८ जना खेलाडी भने वर्गीकरणमा परिसकेका छन् । समूह ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा सागर पुनः, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी र अनिल मण्डल छन् ।
यसैगरी राजेश पुलामी, पृथु बाँस्कोटा, करण केसी र रामनरेश गिरी भने समूह ‘डी’ मा पर्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक