काठमाडौं। नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने मागसहित राप्रपा नेपालले झापाबाट मेची–महाकाली रथयात्रा थालेको छ। हजारौं कार्यकर्ताको बीचमा पार्टी अध्यक्ष कमल थापाले बुधबार रथयात्रा शुभारम्भ गरे।
काँकडभिट्टास्थित मेची नदीबाट पूजाआजासहित सुरु भएको यात्रा महाकालीसम्म पुग्नेछ । त्यसपछि पुस १९ मा काठमाडौंको पशुपतिनाथमा पुगेर रथयात्रा टुंगिनेछ। निरन्तर १० दिनसम्म चल्ने रथयात्रामा स्थानीय रूपमा १ हजार ८ जनाको सहभागिता रहनेछ।
१ हजार ९ सय २९ किलोमिटरको रथयात्राले तराईका २२ सहित पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ, काठमाडौ, ललितपुर र भक्तपुर गरी ३० जिल्लालाई छुनेछ । ती स्थानमा साना र ठूला गरी १ सय ८ जनसभा आयोजना गरिएको छ ।
काँकडभिट्टामा सुरु भएको रथयात्रा बिर्तामोडमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राज्य नेपालको पहिचान भएको बताएका थिए। ‘संसारमा धेरै राष्ट्र धर्मसापेक्ष छन्,’ उनले भने, ‘तर, तिनै राष्ट्रको उक्साहटमा लागेर नेपाललाई निरपेक्ष बनाइएको छ । यो विदेशी षड्यन्त्रको उपज हो ।’
धर्म सापेक्षताले नेपाललाई कुनै हानी नगर्ने उनको भनाइ थियो । निर्धारित समयमा संविधान आउन नसक्ने ठोकुवा गर्दै थापाले जनमतसंग्रहको विकल्प नभएको दोहोरयाए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस