काठमाडौं। नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने मागसहित राप्रपा नेपालले झापाबाट मेची–महाकाली रथयात्रा थालेको छ। हजारौं कार्यकर्ताको बीचमा पार्टी अध्यक्ष कमल थापाले बुधबार रथयात्रा शुभारम्भ गरे।
काँकडभिट्टास्थित मेची नदीबाट पूजाआजासहित सुरु भएको यात्रा महाकालीसम्म पुग्नेछ । त्यसपछि पुस १९ मा काठमाडौंको पशुपतिनाथमा पुगेर रथयात्रा टुंगिनेछ। निरन्तर १० दिनसम्म चल्ने रथयात्रामा स्थानीय रूपमा १ हजार ८ जनाको सहभागिता रहनेछ।
१ हजार ९ सय २९ किलोमिटरको रथयात्राले तराईका २२ सहित पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ, काठमाडौ, ललितपुर र भक्तपुर गरी ३० जिल्लालाई छुनेछ । ती स्थानमा साना र ठूला गरी १ सय ८ जनसभा आयोजना गरिएको छ ।
काँकडभिट्टामा सुरु भएको रथयात्रा बिर्तामोडमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राज्य नेपालको पहिचान भएको बताएका थिए। ‘संसारमा धेरै राष्ट्र धर्मसापेक्ष छन्,’ उनले भने, ‘तर, तिनै राष्ट्रको उक्साहटमा लागेर नेपाललाई निरपेक्ष बनाइएको छ । यो विदेशी षड्यन्त्रको उपज हो ।’
धर्म सापेक्षताले नेपाललाई कुनै हानी नगर्ने उनको भनाइ थियो । निर्धारित समयमा संविधान आउन नसक्ने ठोकुवा गर्दै थापाले जनमतसंग्रहको विकल्प नभएको दोहोरयाए ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल