काठमाडौ। एमाओवादी नेतृत्वमा रहेको मोर्चाले आम हड्तालसहित आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। सिंहदरबारमा सोमबार बसेको संविधानसभा भित्रका १९ र बाहिरका ११ दलको बैठकले आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादीले जनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चाले पुस १९ गते सबै जिल्लामा विरोध प्रदर्शन र सभा, २५ देखि २९ गतेसम्म प्रादेसिक तहमा फरक फरक मितिमा आमहड्ताल र माघ ५ गते देशब्यापी आमहड्ताल गर्ने निर्णय गरेको हो।
कांग्रेस, एमालेले सहमति नचाहेको हुनाले आमहड्ताल गर्नुपरेको माओवादीको दावी छ। सहमति भए आन्दोलन स्थगित हुने जनाएको छ । मोर्चाले मधेसी, जनजातिलगायतका दलले पहिचानसहितको संघीयताका लागि दबाव दिन बन्द, हड्तालमा उत्रनु परेको जनाएको छ। हामहडताल भए पनि यो शान्तिपूर्ण हुने र यसको उद्देश्य पहिचानसहितको संघीयता हुनुपर्छ भन्ने रहेको एमाओवादीको भनाइ छ ।
‘यसबीचमा सरकारसँग वार्ता जारी रहने’ एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले फेसबुकमार्फत् बताएका छन् । यसैबीच एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जे भएको छ राम्रो नभएको भन्दै कुन दिशामा देशलाई लैजाने हो भनेर चिन्ता व्यक्त गरेका छन्।
संविधानसभाको अन्तरबस्तुमा सहमति जुटाउन नसकेका दलहरुबीच पछिल्लो समयमा दूरी पनि बढेको छ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक