काठमाडौं। महाधिवेशन सम्पन्न भएको ५ महिनापछि नेकपा एमालेले १७ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेतासहित १५ पदाधिकारी स्वत स्थायी कमिटीमा सदस्य हुने नेताहरु बाहेक अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेको नामलाई सर्वसम्मत रुपमा पारित गरेको थियो।
अध्यक्ष ओली र नेता नेपालबीच २१ सदस्यीय स्थायी कमिटी गठन गर्ने सहमति बनेको छ। दुवै नेताबीच सुरेन्द्र पाण्डे, शंकर पोखरेल र छविलाल विश्वकर्मालाई स्थायी कमिटीमा लैजाने सहमति भएको छ।
तर मधेशी मुलका नेताहरुलाई समेत कमिटीमा ल्याउनु पर्ने माग बैठकमा भएपछि बाँकी सदस्य नाम घोषणा अन्तिम समयमा रोकिएको थियो।
महाधिवेशनमा पाण्डे नेपाल प्यालनबाट महासचिव र पोखरेल ओली प्यानलबाट उप महासचिवमा उम्मेदवार बनेर पराजित भएका थिए। ओली र नेपालबीच स्थायी कमिटीको सदस्य कुन मधेशी नेतालाई ल्याउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
‘ओलीलाई स्थायी कमिटीमा बहुमत दिने सहमति भएको छ तर स्थायी कमिटी डिजर्भ गर्ने नेता ओली तिर नभएको कारण पनि समस्या परेको छ, ‘ एक पदाधिकारीले बताए।
ओली निकट रहेका वरिष्ठ मधेशी नेताहरु रघुवीर महासेठ र धर्मनाथप्रसाद साह केन्द्रीय सदस्यमै पराजित भएका थिए। नेपालले सो स्थानमा लैजान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नाम सिफारिस गरेका छन्। पण्डित महाधिवेशनमा नेपाल समूहबाट उपाध्यक्षमा पराजित भएका थिए। पण्डितलाई स्थायी कमिटीमा लगे ओली अल्पमतमा पर्ने छन्। अहिले १७ मा वरिष्ठ नेता झलनाथ खनाललाई तटस्थ मान्ने हो भने १७ मा ओली र नेपालका ८-८ सदस्य छन्।
यसैबीच शनिबार गठनका लागि शुरु गरिएको प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा