लन्डन । नेपालका एकजना सफल व्यवसायी विजयबहादुर मल्लसंग गोर्खाली समाज यूकेका पदाधिकारीले नेपालमा लगानीका सम्भाव्यताबारे अन्तरक्रिया गरेका छन् ।
मंगलबार सांझ वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा गोर्खा जिल्लावासी मल्लसंग अन्तरक्रिया भएको हो ।
उक्त कार्यक्रममा गोर्खा कन्ट्रक्शन कम्पनी नेपालका प्रवन्ध निर्देशक, मादी पावर प्रा. लि. का कार्यकारी अध्यक्ष, गोर्खा पावर कम्पनीका कार्यकारी अध्यक्ष, इन्टरनेशनल लिंकर्सका निर्देशक, मनास्लु विकास बैंकका अध्यक्ष, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक र लव कुश खाद्य उद्योगका प्रवन्ध निर्देशक मल्लले नेपालमा लगानीको उचित वातावरण रहेकाले बेलायतवासी नेपालीलाई स्वदेशमा केही लगानी गर्न अनुरोध गरे । उनले नेपालमा विशेषगरि हाइड्रो, पर्यटन, भौतिक पूर्वाधार र कन्ट्रक्शनका क्षेत्रमा लगानीको सम्भावना प्रचुर रहेको पनि उल्लेख गरे ।
६६ मिलियन डलरको लागतमा २५ मेगावाटको अपर मादी जलविद्युत परियोजना निर्माण गरिरहेका मल्लले विदेशबाट व्यक्तिगत नभएपनि सामूहिक लगानी गर्दा मुनाफा मात्र होइन, मातृभूमिसंग आत्मिय सम्वन्ध रहिरहने बताए । उनले करिब ७०० करोड रुपैयांमा पोखरामा तीस रोपनी जग्गामा पांच तारे होटल समेत निर्माण गर्न लागिएको जनाए ।
उक्त कार्यक्रममा गोर्खाली समाज यूकेका अध्यक्ष भरत रोका क्षेत्री र अन्य पदाधिकारीले मल्ललाई खादा लगाइ स्वागत गरेका थिए । कार्यक्रममा व्यवसायी ध्रुव केसीले वाध्यताले विदेशिनु परेपनि आफूहरुमा मातृभूमिप्रति गहिरो माया र लगाव रहेको बताए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?