लन्डन । नेपालका एकजना सफल व्यवसायी विजयबहादुर मल्लसंग गोर्खाली समाज यूकेका पदाधिकारीले नेपालमा लगानीका सम्भाव्यताबारे अन्तरक्रिया गरेका छन् ।
मंगलबार सांझ वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा गोर्खा जिल्लावासी मल्लसंग अन्तरक्रिया भएको हो ।
उक्त कार्यक्रममा गोर्खा कन्ट्रक्शन कम्पनी नेपालका प्रवन्ध निर्देशक, मादी पावर प्रा. लि. का कार्यकारी अध्यक्ष, गोर्खा पावर कम्पनीका कार्यकारी अध्यक्ष, इन्टरनेशनल लिंकर्सका निर्देशक, मनास्लु विकास बैंकका अध्यक्ष, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक र लव कुश खाद्य उद्योगका प्रवन्ध निर्देशक मल्लले नेपालमा लगानीको उचित वातावरण रहेकाले बेलायतवासी नेपालीलाई स्वदेशमा केही लगानी गर्न अनुरोध गरे । उनले नेपालमा विशेषगरि हाइड्रो, पर्यटन, भौतिक पूर्वाधार र कन्ट्रक्शनका क्षेत्रमा लगानीको सम्भावना प्रचुर रहेको पनि उल्लेख गरे ।
६६ मिलियन डलरको लागतमा २५ मेगावाटको अपर मादी जलविद्युत परियोजना निर्माण गरिरहेका मल्लले विदेशबाट व्यक्तिगत नभएपनि सामूहिक लगानी गर्दा मुनाफा मात्र होइन, मातृभूमिसंग आत्मिय सम्वन्ध रहिरहने बताए । उनले करिब ७०० करोड रुपैयांमा पोखरामा तीस रोपनी जग्गामा पांच तारे होटल समेत निर्माण गर्न लागिएको जनाए ।
उक्त कार्यक्रममा गोर्खाली समाज यूकेका अध्यक्ष भरत रोका क्षेत्री र अन्य पदाधिकारीले मल्ललाई खादा लगाइ स्वागत गरेका थिए । कार्यक्रममा व्यवसायी ध्रुव केसीले वाध्यताले विदेशिनु परेपनि आफूहरुमा मातृभूमिप्रति गहिरो माया र लगाव रहेको बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा