लन्डन । टियर फोर अन्तर्गत बेलायतमा अध्ययन गरिरहेको एउटा विद्यार्थी पिआर लिइसकेका धेरैको नजरमा ‘विचरा’ लाग्छ । सायद विद्यार्थीमाथि बेलायत सरकारको कठोर अध्यागमन नियम, काम गर्न बन्देज, फि लिन कलेज अनि विश्वविद्यालयको ताकेता आदि इत्यादि परिस्थितिले उसलाई ‘निरिह’ बनाएको होला । तर, यथार्थमा विभिन्न व्यवधान बाबजुद पनि विद्यार्थीले देशका लागि केही न केही गरेका उदाहरण भेटिन्छ । यसैको एउटा साक्षी हुन् कालुराम तामाङ । यहां विद्यार्थी स्टाटस्मा रहेपनि उनको चित्रकला पेशा कत्ति डगमगाएको छैन्, व्यस्तता नेपाल जस्तै छ ।
चित्रकलामा नेपाल खोजिरहने तामाङ अहिले आफ्ना केही थान चित्र देखाएर बेलायतीमाझ नेपाल चिनाइरहेका छन् । दक्षिण पूर्वी लन्डनस्थित स्टेफेन लरेन्स् सेन्टरमा उनको एकल चित्रकला प्रदर्शनी आइतबारबाट शुरु भएको छ । स्टेफेन लरेन्स् ट्रष्टका संस्थापक ब्यारोनेस डोरेन (ओविइ) ले प्रदर्शनी उद्घाटन गरेका थिए ।
च्यारिटेवल ट्रष्टले नै आयोजना गरिदिएको उक्त ‘स्याडोज् अफ हिमालय’ नामको प्रदर्शनी ३० जनवरीसम्म चल्नेछ ।
यसअघि नेपाल, सिंगापुर र दक्षिण कोरियामा भइसकेपनि बेलायतमा तामाङको यो पहिलो एकल चित्रकला प्रदर्शनी हो ।
‘चित्रमार्फत देशको कला संस्कृति, प्राकृतिक सौन्दर्यता र नेपाल चिनाउन प्रदर्शनी गरेको हुं’, तामाङले सुनाए । तेल, एक्रोलिक र पानी रंगका करिब २६ थान चित्र प्रदर्शनीमा समावेश छन् । एभरेष्ट, अन्नपूर्ण, माछापुच्छ«्रे लगायत हिमाल, प्राकृतिक सौन्दर्यता अनि नेपाल र नेपाली संस्कृति दर्शाउने उनका चित्रहरुले ब्रिटिसहरुको मन जितिरहेको छ । दुई सय पाउण्ड हाराहारी मोल राखिएका ति चित्र किन्न उद्घाटन दिनमै करिब दशजनाले अर्डर दिइसकेका तामाङले जनाए ।
दोलखा स्थायी घर भएका तामाङको पहिलो एकल चित्रकला प्रदर्शनी सन् २००४ मा कोरिया र दोश्रो सिंगापुरमा सन् २००७ मा भएको थियो । उनको समूहमा भने नेपाल, सिंगापुर, लन्डनमा कयौंपटक प्रदर्शनी भएका छन् । ‘तर, अध्ययन अनि कामले गर्दा चित्रकलामा पूर्णकालिन समय बिताउनै पाएको छैन्’, उनले भने, ‘भविष्यमा नेपाल नै फर्केर यसलाई पूर्ण व्यवसायका रुपमा अगाडि बढाउने सोच छ ।’
नेपालमा फाइन आर्ट एण्ड डिजाइनमा ब्याचलर गरेपछि सम्भावनाको खोजी गर्दै उनी धेरैतिर भौंतारिए । सिंगापुर गएर ननाङ एकेडेमी अफ फाइन आर्टबाट पेन्टिङमा एड्भान्स् डिप्लोमा गरे, एकल तथा समूहगत प्रदर्शनी पनि संगै बढाए । लन्डन आएपछि पनि उनले चित्र कोर्न छाडेनन् । सन्डरल्याण्ड युनिभर्सिटीबाट एमबीए सकेर फेरि उनको एकेडेमी अफ फाइन आर्टमा यहीबारे अध्ययन जारी छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने