लण्डन । नेकपा एमालेको युकेस्थित संगठन प्रवासी नेपाली मञ्च युकेले दशौं वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।
मञ्चका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा लण्डनमा सम्पन्न मञ्चको चौथो पूर्ण बैठकले आउने फेब्रुअरीमा वार्षिकोत्सव मनाउने निर्णय गरेको मञ्चले जनाएको छ ।
यसैगरी, मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सदस्य सुशीला राई संयोजक र सदस्य स्मिता आत्रेय सहसंयोजक रहेको टोलीलाई जिम्मेवारी दिइएको छ ।
अस्वस्थ रहेका नेकपा एमालेका सक्रिय कार्यकर्ता गणेश मैनालीको उपचारमा सहयोग जुटाउन उपाध्यक्ष रमेश वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
महासचिव तुंगभद्र भूसालले सञ्चालन गरेको बैठकको शुरुवातमा नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । त्यस्तै, गत अक्टोबर २२ मा भएको देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सफल भएको निस्कर्ष निकाल्दै बैठकले देउसीभैलो संयोजन समितिलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?