काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोरङमा सञ्चालन भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा झापा-११ लाई दुई शुन्यले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।
आर्मीका लागि दीपक गरुङ र नवयुग श्रेष्ठले गोल गरेका थिए।
खेलको शुरुमै आर्मीका गुरुङले हिरेन मगरको पासमा गोल गर्दै अग्रता दिएका थिए। ५१ औ मिनेटमा मगर दोहोरो यल्लो कार्ड पाएर बाहिरिएपछि १० खेलमा सिमित सेनाका लागि ७१ औं मिनेटमा श्रेष्ठले गोल गर्दै खेल सुनिश्चित गरेका थिए। उनले काउन्टर एटेकमा गोल गरेका थिए।
प्रतियोगितामा बढी गोल गर्ने श्रेष्ठले उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ३० हजार र बीस हजार मुल्य बराबरको मोबाइल सेट हात पारेका छन्।
उपाधिसँगै आर्मीले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदका हात पारेको छ। उपविजेता झापा–११ ले एकलाख एक हजार एक सय एघार नगद प्राप्त गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा