लण्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषद्ले लण्डनमा वार्षिक प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
स्कुल अफ एसिया एण्ड ओरेण्टल स्टडिज (सोआस) मा सम्पन्न यस वर्षको प्रवचनको विषय कपिलवस्तु तिलौराकोट ; नेपालको तराईमा नयाँ पुरातात्विक प्रमाणहरु रहेको थियो । डरहम विश्वविद्यालयका प्रोफेसर रविन कनिङहाम र पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य प्रवचनका मुख्यवक्ता रहेका थिए ।
सो अवसरमा प्रोफेसर कनिङहामले कपिलवस्तुको ऐतिहासिक पक्षको चर्चा गर्दै प्राचिन कपिलवस्तुको प्रमाणित हुने प्रमाणहरु प्रस्तुत गरेका थिए ।
उनको अनुसन्धान टोलीले बितेका दुई वर्षमा संकलन गरेका प्रमाणहरुले आगामी दिनहरुमा सो क्षेत्रको उत्खननका लागि थप उत्साह थपेको उनले बताए । अहिले कपिलवस्तु प्राचीन शहर भएको केही संकेतहरु देखिने तर भौगोलिक तथा भौतिक सर्भेबाट बृहत र योजनावद्ध कुसाना सहरको पर्खाल, ठूला संरचनाहरु, धेरै घरहरु र रानी पोखरी जत्रो पोखरी र स्तुपाहरु देखिएको उनले प्रष्ट पारे । यी प्रमाणहरुका कारण सो क्षेत्र कम्तीमा बुद्धकालिन हुनसक्ने उनको दाबी थियो ।
उनले पर्यटक र तिर्थालुलाई सो क्षेत्रको भ्रमण गराउने र नेपालका पुरातत्वविद्हरुलाई तालिम र क्षमता अभिवृद्धि गराउने योजना रहेको पनि जानकारी गराए ।
उनको परियोजनालाई युनेस्कोले सहयोग गरिरहेको छ ।
सोआसको साउथ एसियन इन्स्टिच्युटको सहयोगमा भएको सो प्रवचनको अध्यक्षता परिषद्का अध्यक्ष प्राध्यापक डेभिड गेल्नरले गरेका थिए ।
करिब पाँच दर्जन सहभागी सो प्रवचनका क्रममा प्रश्नोत्तर सत्र पनि राखिएको थियो ।
परिषद्ले आगामी वर्षको प्रवचन नेपालमा नागरिक समाजको उदय र पतनका बारेमा राखेको छ । पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे सो प्रवचनको मुख्य वक्ता राखिएका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ