लण्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषद्ले लण्डनमा वार्षिक प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
स्कुल अफ एसिया एण्ड ओरेण्टल स्टडिज (सोआस) मा सम्पन्न यस वर्षको प्रवचनको विषय कपिलवस्तु तिलौराकोट ; नेपालको तराईमा नयाँ पुरातात्विक प्रमाणहरु रहेको थियो । डरहम विश्वविद्यालयका प्रोफेसर रविन कनिङहाम र पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य प्रवचनका मुख्यवक्ता रहेका थिए ।
सो अवसरमा प्रोफेसर कनिङहामले कपिलवस्तुको ऐतिहासिक पक्षको चर्चा गर्दै प्राचिन कपिलवस्तुको प्रमाणित हुने प्रमाणहरु प्रस्तुत गरेका थिए ।
उनको अनुसन्धान टोलीले बितेका दुई वर्षमा संकलन गरेका प्रमाणहरुले आगामी दिनहरुमा सो क्षेत्रको उत्खननका लागि थप उत्साह थपेको उनले बताए । अहिले कपिलवस्तु प्राचीन शहर भएको केही संकेतहरु देखिने तर भौगोलिक तथा भौतिक सर्भेबाट बृहत र योजनावद्ध कुसाना सहरको पर्खाल, ठूला संरचनाहरु, धेरै घरहरु र रानी पोखरी जत्रो पोखरी र स्तुपाहरु देखिएको उनले प्रष्ट पारे । यी प्रमाणहरुका कारण सो क्षेत्र कम्तीमा बुद्धकालिन हुनसक्ने उनको दाबी थियो ।
उनले पर्यटक र तिर्थालुलाई सो क्षेत्रको भ्रमण गराउने र नेपालका पुरातत्वविद्हरुलाई तालिम र क्षमता अभिवृद्धि गराउने योजना रहेको पनि जानकारी गराए ।
उनको परियोजनालाई युनेस्कोले सहयोग गरिरहेको छ ।
सोआसको साउथ एसियन इन्स्टिच्युटको सहयोगमा भएको सो प्रवचनको अध्यक्षता परिषद्का अध्यक्ष प्राध्यापक डेभिड गेल्नरले गरेका थिए ।
करिब पाँच दर्जन सहभागी सो प्रवचनका क्रममा प्रश्नोत्तर सत्र पनि राखिएको थियो ।
परिषद्ले आगामी वर्षको प्रवचन नेपालमा नागरिक समाजको उदय र पतनका बारेमा राखेको छ । पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे सो प्रवचनको मुख्य वक्ता राखिएका छन् ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस