शनिबार, मंसिर १३ २०७७ | Sat, November 28, 2020
नेपालको समय: १६:११ | UK Time: 10:26

‘पूर्व नेपाली सैनिक मात्रै सेक्युरिटी गार्ड’ ः मलेसियाली प्रहरी प्रमुख

वीनेपाली
२०७१ मंसिर ११ गते ४:०९

काठमाडौं। मलेसियाली प्रहरी प्रमुख तान श्री खालिद अबु बकारले नेपालका पू्र्व सैनिकले मात्रै निजी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्न सक्ने बताएका छन्। यो विदेश कामदारको हकमा मात्रै लागू हुने छ।security-guard-recruitment

‘यो गृह मन्त्रालयले निर्धारण गरेको सर्त हो’ जोहोर बारुमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई बकारले भने ।

उनले पूर्व सैनिकी गार्डको बारेमा थाहा पाउनु भयो भने हामीलाई थाहा दिनुहोला किनभने उनीहरु गैरकानुनी कम्पनीका लागि काम गरेका हुनसक्छन्’ बकारलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

मलेसिया सरकारले १३ हजार नेपाली र १ लाख ६३ हजार मलेसियाली सेक्युरिटी गार्डको रुपमा काम गर्ने गरेको बताएका छन्।

नेपाली सेक्युरिटी गार्डहरुले बैंक, स्कुल र सपिङ मल जस्ता व्यापारिक केन्द्रमा काम गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक