लन्डन । मिस नेपाल सुविन लिम्बु विहीवार विहान लन्डन उत्रिएकी छिन् । मिस वोर्ल्ड २०१४ मा भाग लिन थाइ एयरवेजबाट लन्डन टर्मिनल टु उत्रंदा उनलाई आमाबाबु सहित कयौं भूपू गोर्खा र गैर आवासीय नेपालीले न्यायो स्वागत गरे ।
करिब अढाई वर्षपछि छोरी भेट हुंदा आमा मिनाकुमारी अंकमाल गर्दै भक्कानिइन्, आंखा रसाए । सञ्चो विसञ्चो आदानप्रदान भयो । सुविनका बाबु ५२ वर्षीय भूपू गोर्खा काजीमान लिम्बु छोरी भेट्न पाएर प्रसन्न भए । उनलाई बाबु काजीमानले मिस वोर्ल्डमा सफलता मिलोस् भन्दै अग्रिम शुभकामना पनि दिए । भूपू गोर्खा परिवारकी माइली छोरी सुविनको आवासीय अधिकार नहुंदा बसाइ छिन्न भिन्न छ ।
‘धेरै बस्न त पाइएन तर लामो समयपछि छोरी भेटेर खुशी छौ’ं, उनले वीनेपालीसंग भने, ‘आज एजेन्टले सिधै सेन्ट्रल लन्डन नै लगे । पछि हामी होटलमै भेट्न जान्छौं ।’
सुविन अन्य विश्व सुन्दरीहरुकै साथ होटल मेरियटमा बस्नेछिन् । केही दिनपछि उनीहरुको बन्द प्रशिक्षण शुरु हुनेछ ।
६४ औं मिस वोर्ल्ड २०१४ आगामी डिसेम्बर १४ मा लन्डनस्थित एक्सेलमा हुंदैछ जसमा विश्वभरका एकसय ६४ जनाले प्रतिष्पर्धा गर्दैछन् । मिस नेपाल सुविन लिम्बूले यसपटकको मिस वोर्ल्डमा नेपाली पहिचानको रूपमा लिम्बू समुदायको पहिरन मेख्ली लाउने भएकी छन् । लालीगुराँससँगै लिम्बू समुदायको प्रतिनिधित्वको रूपमा सुनाखरी फूल कुँदिएको ‘मेख्ली’ उनले गत सोमबार राजधानीमा सार्वजनिक गरेकी थिइन् ।
विश्व सुन्दरीहरु प्रतिष्पर्धाका लागि लन्डन उत्रने क्रम शुरु भइरहंदा मिस होण्डुरस १९ वर्षीया मारिया जोसे अल्भाराडो र उनकी दिदीको हत्या भएको खवरले आयोजक र सुन्दरीहरु विक्षिप्त छन् । मिस वोर्ल्ड अध्यक्ष जुलिया मोर्ले सहित आयोजकले उनको निधनमा शोक व्यक्त गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो