सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चे–५ जुरेमा गत साउन १७ गते गएको पहिरोले सुनकोसी नदी थुनिएर बनेको कृत्रिम तालको पानी क्रमिकरुपमा घट्न थालेको छ ।
थुनिएको ताल खुलाउने काम सडक विभागले जिम्मा लिएपछि एक महिनाको अवधिमा सात मिटर पानी घटिसकेको र अब करिब नौ मिटरमात्र बाँकी भएको सो क्षेत्रमा कार्यरत डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर दशरथ यादवले बताए ।
दैनिक तीनवटा स्काभेटरले खोतल्ने काम भइरहेको र पानी घटेपछि थप चारवटा घर पुरै देखिएको र दुईवटा घरको छत देखिएको छ ।
पुरै देखिएको घरको सामानसमेत झिकिसकेको इन्जिनियर यादवले जानकारी दिए । सुरुमा नदीको चौडाई १७ मिटर रहेकोमा हाल चौडाई बढाएर ३८ मिटर पुगिसकेको छ ।
पहिरोले थुनिएर १२ घण्टापछि खुलेको उक्त ताल करिब तीन किमि लामो १५० मिटर गहिरो र ५०० मिटर चौडाइ रहेको अनुमान गरिएको थियो ।
नेपाली सेनाले ताल खुलाउने जिम्मा लिई बम विस्फोट गराउँदै आएकोमा ३७ दिनपछि गत भदौ २२ गते बाँध थप खिइएर आफैँ खुलेपछि करिब ७५ प्रतिशत अर्थात २० मिटर पानी घटेको थियो । त्यति हुँदा पनि तालको गहिराई अझै १५/१६ मिटर बाँकी रहेको अनुमान गरिएको थियो ।
पानी घटेपछि डुबेका १८ घरमध्ये छवटा घर पुरै देखिनुका साथै २.५ मेगावाटको सानीमा हाइड्रोको विद्युत गृह र प्रसारण लाइनको खम्वासमेत देखिएको थियो । ताल खुलेलगतै नेपाली सेना कार्यस्थलबाट फर्केपछि ताल खुलाउने जिम्मा सडक विभागले पाएको थियो ।
माङखा–१ को ड्याम साइडबाट बाह्रबिसे पुग्ने अरनिको राजमार्गको साविक सडकको दूरी २.५ किमी मात्र भएकाले पुरानै ट्रयाकबाट सडक खुलाउने काम भइरहेको र हालसम्म ५०० मिटर ट्रयाक खोलिसकेको इन्जिनियर यादवले बताए ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला