नेपालले कुवेतमा जारी एसीसी यु-१९ प्रिमियर ट्रफीमा अफगानिस्तानलाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुवेत सिटीमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाली टोली ४५ ओभरमा १ सय ३४ रनमा अल आउट भयो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले सबैभन्दा बढी २३ रन बनाएका छन्। सम्हालिएर ब्याटिङ गरेको नेपालले पहिलो विकेट ३७ रनमा बनाएको थियो।
त्यसैगरी राजु रिजालले २१, सुनिल धमलाले १७, सन्दीप सुनारले १६, सौरव खनालले १३, आरिफ शेखले १० र दीपेन्द्र सिंह ऐरीले नन आउट १३ रन बनाए। अफगानिस्तानले २१ अतिरिक्त रन दिएको थियो।
आफगानिस्तानका लागि रसिद खानले २२ रन खर्चेर ४ विकेट लिए। यसअघि भएक तीन वटा खेलमा आफगानिस्तान र नेपालले तीन तीन वटै खेल जितेका छन्।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता