
भेलाको उपस्थिति, अतिथीहरु र ब्यानर लेखाइ हेर्दा पनि हतार हतारमा गरे झैं लाग्छ, तस्विर साभार : सविन कार्कीको फेसबुकबाट
लन्डन । आधिकारिकता सम्वन्धि विवादले दुई चिरामा विभाजित नेपाल विद्यार्थी संघ, बेलायतमा ‘एकता’ भन्दै सभापतिलाई थाहै नदिइ भेला भएको छ । सामान्यता एकता विवादित दुई समूहबीचको छलफलपछि हुने मान्यता भएपनि यहां चाहिं एउटा पक्षको अध्यक्षलाई थाहै नदिइ भेला गरिएको हो ।
नेविसंघ, बेलायतका संस्थापक सभापति कुशल घिमिरेको विशेष पहलमा एकता भेलाले विवाद टुंग्याएको दावी गरिएको छ । तर, केन्द्रले आधिकारिक मान्यता दिएको भनिएको नेविसंघ, बेलायतका सभापति उमेश भण्डारी भने अहिले नेपालमा छन् । ‘मेरो सहभागिता विनै कसरी एकता हुन्छ ?’ भण्डारीले वीनेपालीसंग प्रश्न गर्दै भने, ‘यो भ्रम छर्न गरिएको कार्यक्रम मात्र हो । साथीहरुलाई नेविसंघको महाधिवेशनमा प्रतिनिधि हुन नपाएको रिसको झोक हुनुपर्छ ।’ भेला आयोजकले भने भण्डारीलाई खवर गरिएको र उनी बेलायत नफर्किने हल्ला सुनेर एकवद्ध भइ अघि बढ्न भेला गरिएको बताएको छ ।
ऊलवीचस्थित थेम्स् हाउसमा नेपाली जनसम्पर्क समिति, बेलायतका प्रवक्ता प्रवेश केसीको प्रमुख आतिथ्यता र विनोद सुवेदीको सभापतित्वमा भएको थियो । कार्यक्रममा अतिथीहरु नेविसंघ कास्कीका पूर्व सभापति रमेश लामा, व्यवसायी महेशकुमार रेग्मी लगायत सहभागी थिए ।
भेलाले विनोद सुवेदीको सभापतित्वमा २९ सदस्यीय नयां कार्यसमिति चयन गरेको जनाइएको छ जसमा कार्यवहाक सभापति कुश बस्नेत र उपाध्यक्षहरुमा राजन खकुरेल, प्रदीप चौलागाईं, गिरिजा पौडेल, गणेश दाहाल, रेशम बस्याल र यज्ञमुर्ति पाण्डे चुनिएका छन् । भेलाले सचिवमा सविन कार्की, सहसचिवमा सेवक पाण्डे र प्रमोद टण्डनलाई छानेको छ भने कोषाध्यक्षमा मनोज बजगाईं र लक्ष्मी बस्नेत छन् । त्यसैगरि, कार्यसमिति सदस्यहरुमा रेशम गौतम, राजन सेढाईं, रमेश पण्डित, गोकर्णराज पाण्डे, विजय खनाल, महेन्द्र पाख्रिन, गिता महर्जन, सरला पौडेल, आशा श्रेष्ठ, भगवति दाहाल, गंगा थापा, विकास श्रेष्ठ, रुपक केसी, गोविन्द पौडेल, अन्जली केसी छन् ।
कार्यसमितिको पहिलो बैठकले कुशल घिमिरेलाई नेविसंघ केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदको दावेदारका रुपमा बेलायतबाट सिफारिस गर्ने निर्णय गर्दै सबैसंग सहयोगको अपिल समेत गरेको छ । उक्त कार्यक्रम सञ्चालन सविन कार्कीले गरेका थिए ।
स्मरणरहोस्, नेविसंघको महाधिवेशन सातौं पटक फेरि स्थगित भएको छ । सार्क सम्मेलनका कारण तयारी नपुगेको भन्दै बिहिवारको कांग्रेस पदाधिकारी बैठकले अधिवेशन स्थगित गरेको हो । यसअघि कात्तिक ३० देखि मंसिर २ सम्म अधिवेशन मिति तय भएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने