काठमाडौं। काठमाडौंमा मंसिर दोस्रो साता आयोजना हुने सार्क शिखर सम्मेलनको समयमा सदस्य राष्ट्रबीच विद्युत व्यापार सम्झौता (पिटिए) हुने भएको छ । सदस्य राष्ट्रहरुबीच विजुली उत्पादन प्रसारण र व्यापार सबै विषयमा सम्झौताको तयारी भएको उर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन्। 
विश्लेषकहरुले चर्को उर्जा संकटको सामना गर्दै आएका यस क्षेत्रका देशहरुलाई सम्झौताबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। सदस्य राष्ट्रबीच सार्क क्षेत्रीय प्रशारण लाईन र ग्रीडको विषयमा समेत छलफल भैरहेको अधिकारीहरुले बताएका छन्।
यस्तो व्यापार सम्झौता भए नेपालले भारत र बंगलादेशमात्रै नभएर पाकिस्तानमा समेत विद्युत बेच्ने र आवश्यक पर्दा किन्न सक्नेछ।
असोज अन्त्यतिर भारतको नयाँ दिल्लीमा भएको सार्क क्षेत्रका उर्जा मन्त्रीहरुको बैठकमा प्रारम्भिक सम्झौता भएको थियो। त्यसमा पिटिएको प्रारम्भिक मस्यौदा पारित गरेको थियो। त्यसमा आ-आफ्नो देशका कानुनअनुसार विजुली किनबेच गर्ने, कर तथा भन्सार शुल्कको अन्त्य गर्ने, विद्युत उर्जा तथ्याकंको आदानप्रदान, अन्तरदेशीय प्रसारण लाईन निर्माण, प्राविधिक सहयोग आदान प्रदान, विजुली किनबेचमा आ-आफ्नो देशको कम्पनीलाई स्वीकृती दिने रहेका छन्।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान