काठमाडौं। पाकिस्तानको इस्लामावादमा बिहीबारबाट शुरु हुने थर्ड साफ वीमेन्स् च्याम्पियनशीपका लागि नेपालले २० सदस्यीय टोली घोषणा गरेको छ।
सार्कका आठ वटै देशको राष्ट्रिय टोलीको सहभागिता रहेन प्रतियोगितामा दुई पटकको उपविजेता नेपालले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ।
यसअघि भारतसँगै दुवै पटक नेपाल पराजित भएको थियो। प्रतियोगिता नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको तयारी राम्रो रहेको बताएपनि नेपाली टोलीको महत्वपूर्ण भूमिका खेल्दै आएका पूर्व कप्तानहरु जमुना गुरुङ र चन्द्रा भण्डारी, तुलसा सिंह, प्रमिला राइ र दीपा क्षेत्री भने टिममा यसपटक छैनन्। सशस्त्र प्रहरी बलमा कार्यरत उनीहरु शान्ति मिसनअन्तर्गत अफ्रिका देशमा तैनाथ छन्। २० सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरी, त्रिभुनव आर्मी क्लब र सशस्त्र प्रहरी बलको खेलाडी रहेका छन्।
यसअघि राष्ट्रिय टोलीमा रहेका भगतवी थापा, लक्ष्मी पौडेल, उषा भण्डारी, निशा बोहरा र लिला लाम्घारे अन्तिम सूचीमा हटाइएको छ। २० सदस्यीय टोलीमा नौ खेलाडी नयाँ छन् ।
नेपाली टोली
गोलकिपर: नमिता दली, चन्द्रदेवी दाहाल, एन्जिला राई
डिफेन्स : धिमकुमारी गुरुङ, मनमाया लिम्बु, मेनुका गिरी, पुनम जर्घमगर, अमृता जैसी
मिडफिल्ड: निरु थापा, सजना राना, दीपा अधिकारी, यशोदा लामा, भुजुङ राई दीपा राई
फरवार्ड : रेणुका नगरकोटी, अनिता बस्नेत, साबित्रा भण्डारी, कृष्ण खत्री, चञ्चली बाइवा, अनु लामा।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित