काठमाडौं। पाकिस्तानको इस्लामावादमा बिहीबारबाट शुरु हुने थर्ड साफ वीमेन्स् च्याम्पियनशीपका लागि नेपालले २० सदस्यीय टोली घोषणा गरेको छ।
सार्कका आठ वटै देशको राष्ट्रिय टोलीको सहभागिता रहेन प्रतियोगितामा दुई पटकको उपविजेता नेपालले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ।
यसअघि भारतसँगै दुवै पटक नेपाल पराजित भएको थियो। प्रतियोगिता नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको तयारी राम्रो रहेको बताएपनि नेपाली टोलीको महत्वपूर्ण भूमिका खेल्दै आएका पूर्व कप्तानहरु जमुना गुरुङ र चन्द्रा भण्डारी, तुलसा सिंह, प्रमिला राइ र दीपा क्षेत्री भने टिममा यसपटक छैनन्। सशस्त्र प्रहरी बलमा कार्यरत उनीहरु शान्ति मिसनअन्तर्गत अफ्रिका देशमा तैनाथ छन्। २० सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरी, त्रिभुनव आर्मी क्लब र सशस्त्र प्रहरी बलको खेलाडी रहेका छन्।
यसअघि राष्ट्रिय टोलीमा रहेका भगतवी थापा, लक्ष्मी पौडेल, उषा भण्डारी, निशा बोहरा र लिला लाम्घारे अन्तिम सूचीमा हटाइएको छ। २० सदस्यीय टोलीमा नौ खेलाडी नयाँ छन् ।
नेपाली टोली
गोलकिपर: नमिता दली, चन्द्रदेवी दाहाल, एन्जिला राई
डिफेन्स : धिमकुमारी गुरुङ, मनमाया लिम्बु, मेनुका गिरी, पुनम जर्घमगर, अमृता जैसी
मिडफिल्ड: निरु थापा, सजना राना, दीपा अधिकारी, यशोदा लामा, भुजुङ राई दीपा राई
फरवार्ड : रेणुका नगरकोटी, अनिता बस्नेत, साबित्रा भण्डारी, कृष्ण खत्री, चञ्चली बाइवा, अनु लामा।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो