काठमाडौं। दुई साता छोटो तयारीपछि नेपाली यु-१९ टोली कुवेतमा आयोजना हुने एसिसी मेन्स यु-१९ प्रिमियर ट्रफीमा सहभागी हुने मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
ट्रफी जित्ने टोली आगामी वर्ष बंगलादेशमा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। दोस्रो हुने टोलीले विश्वकपमा पुग्न क्वालिफायर खेल्नु पर्ने हुन्छ। शुक्रबारबाट शुरु हुने प्रतियोगिता नोभेम्बर १५ सम्म चल्ने छ। आयोजक कुवेत, अफगानिस्तान साउदी अरब युएइ मलेसिाया रहेका छन्। राउन्ड रोबिनको धारमा प्रतियोगिता सञ्चालन हुने छ। शुक्रबार पहिलो खेल नेपालले मलेसियासँग खेल्ने छ।
निकै छोटो तयारीमा प्रतियोगितामा सहभागी भएपनि प्रतियोगिताको उपाधि जित्ने दावी टोलीका प्रशिक्षक र खेलाडीले गरेका छन्।
यसअघि एसिसी यु-१९ एलिट कप नाममा हुने यो प्रतियोगिताको चार पटक उपाधि नेपालले जितिसकेको छ। सन् २००१, २००३, २००५ र २००७ मा नेपालले प्रतियोगिता जितेको थियो भने सन् १९९९ र २०११ मा उप विजेता नेपाल बनेको थियो। नेपाल यु-१९ विश्व कपमा ६ पटक खेली सकेको छ।
नेपाली युवा टोलीको जीतको प्रमुख आधार यसपटक पनि स्पीनर रहेका छन्। नेपाली टोलीमा पाँच स्पिनरहरु सुशील कँडेल, अर्सद अहमद, प्रेम तामाङ, सुदीप सुनुवार र सुनिल धमला छन्।
यसका अतिरिक्त विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका खेलाडी टोलीमा समावेश छन्। टोलीमा समावेश गरिएका अलराउन्डर आरिफ शेख यसै महिना सम्पन्न भएको आइसिसी डिभिजन थ्री प्रतियोगितामा खेलेका थिए। राजु प्रेम र सुनिलले एसिसि यु-१९ एशिया कप खेलिसकेका छन् भने सौरभ खनाल सन् २०१२ मा अष्ट्रेलियामा भएको यु-१९ विश्वकपमा नेपाली टोलीका सदस्य थिए।
खेल तालिका
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार