बोष्टन, अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको बोष्टनमा लक्ष्मी जयन्ती मनाएको छ । अनेसास बोष्टन च्याप्टरको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नुका साथै देवकोटाका रचना वाचन गरिएको थियो ।
बरिष्ट साहित्यकार उत्तम नेपालीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसासका ट्रष्टी चेयर होमनाथ सुबेदी, पूर्व अध्यक्ष गीता खत्री, साहित्यकार शिवप्रकाश, महेश्वर पन्त, लालगोपाल सुबेदीलगायतले महाकवि देवकोटाका विविध आयाममा प्रकाश पार्नुका साथै सिर्जना बाचन गरेका थिए । बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको संयोजनमा भएको उक्त कार्यक्रममा कल्पना सुबेदी, दिनेश राजभण्डारी, सुशील नेपाल, अग्नि पराजुली, अनु शाह, राधिका नेपाल, लक्ष्मी थपलिया, स्वयं पोख्रेल, अनुभव थपलियालगायतले कविता वाचन गरे ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्रेटर बोष्टन नेपाली समुदायका अध्यक्ष राम थापा, अनेसासका केन्द्रीय महासचिब गोवर्धन पूजालगायतले पनि मन्तव्य व्यक्त गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार