बोष्टन, अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको बोष्टनमा लक्ष्मी जयन्ती मनाएको छ । अनेसास बोष्टन च्याप्टरको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नुका साथै देवकोटाका रचना वाचन गरिएको थियो ।
बरिष्ट साहित्यकार उत्तम नेपालीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसासका ट्रष्टी चेयर होमनाथ सुबेदी, पूर्व अध्यक्ष गीता खत्री, साहित्यकार शिवप्रकाश, महेश्वर पन्त, लालगोपाल सुबेदीलगायतले महाकवि देवकोटाका विविध आयाममा प्रकाश पार्नुका साथै सिर्जना बाचन गरेका थिए । बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको संयोजनमा भएको उक्त कार्यक्रममा कल्पना सुबेदी, दिनेश राजभण्डारी, सुशील नेपाल, अग्नि पराजुली, अनु शाह, राधिका नेपाल, लक्ष्मी थपलिया, स्वयं पोख्रेल, अनुभव थपलियालगायतले कविता वाचन गरे ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्रेटर बोष्टन नेपाली समुदायका अध्यक्ष राम थापा, अनेसासका केन्द्रीय महासचिब गोवर्धन पूजालगायतले पनि मन्तव्य व्यक्त गरे ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला