काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले इन्चोन एशियाली खेलकुदमा सहभागी भएका नेपाली खेलाडीहरुले होटलको कोठा विगारेपछि तीन हजार अमेरिकी डलर जरिवाना तिरेको छ। राखेपका सदस्य सचिव युवराज लामाले नेपाली खेलाडीले होटल कोठामा कोरेको र बिगारेपछि १७ औ एशियाड आयोजकलाई जरिवाना तिर्नु परेको मंगलबार खुलासा गरेका हुन्।
लामाले ट्वविटरमार्फत सो घटनाले लाज मर्नु बनाएको बताएका छन् । ‘लाजले मर्नु भयो, नेपालको खेलाडिहरुले भित्तामा कोरेको, कोठा बिगारेको आदिको जरिवाना ३००० डोलर राखेपले तिर्नु पर्यो १७औ एसियन खेलकुद आयोजकलाई’ लामाले ट्विटमा लेखका छन्।
खेलकुद संस्थाबीच खिचातानी, तीन खेलाडी वेपत्तापछि खेलाडीले होटल विगारेका कारण तीन हजार अमेरिकी डलर आयोजकलाई तिर्नु परेको खुलेको हो।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जिम्न्यास्टिक, जुडो, सेपाटाक्र, सुटिङ, पौडी, टेनिस, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन र उसु गरी २ सय ३ खेलाडीको सहभागिता थियो।
सहभागिताका लागि मात्रै ६ करोड रुपैया खर्चेको नेपालले कराँतेतर्फ एउटा कास्य पदकमा नेपालले चित्त बुझाएको थियो।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान