काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले इन्चोन एशियाली खेलकुदमा सहभागी भएका नेपाली खेलाडीहरुले होटलको कोठा विगारेपछि तीन हजार अमेरिकी डलर जरिवाना तिरेको छ। राखेपका सदस्य सचिव युवराज लामाले नेपाली खेलाडीले होटल कोठामा कोरेको र बिगारेपछि १७ औ एशियाड आयोजकलाई जरिवाना तिर्नु परेको मंगलबार खुलासा गरेका हुन्।
लामाले ट्वविटरमार्फत सो घटनाले लाज मर्नु बनाएको बताएका छन् । ‘लाजले मर्नु भयो, नेपालको खेलाडिहरुले भित्तामा कोरेको, कोठा बिगारेको आदिको जरिवाना ३००० डोलर राखेपले तिर्नु पर्यो १७औ एसियन खेलकुद आयोजकलाई’ लामाले ट्विटमा लेखका छन्।
खेलकुद संस्थाबीच खिचातानी, तीन खेलाडी वेपत्तापछि खेलाडीले होटल विगारेका कारण तीन हजार अमेरिकी डलर आयोजकलाई तिर्नु परेको खुलेको हो।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जिम्न्यास्टिक, जुडो, सेपाटाक्र, सुटिङ, पौडी, टेनिस, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन र उसु गरी २ सय ३ खेलाडीको सहभागिता थियो।
सहभागिताका लागि मात्रै ६ करोड रुपैया खर्चेको नेपालले कराँतेतर्फ एउटा कास्य पदकमा नेपालले चित्त बुझाएको थियो।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल