ब्रुज २० अक्टोबर । बेल्जियमको ब्रुजमा बसोबास गरिरहेका नेपाली जुझारु युवाहरुले “हाम्रो क्लब” नामक संस्था स्थापना गरेका छ्न् । नेपाली युवाहरुलाई नेपाली भाषा पढ्न सिकाउदै खेलकुदको माध्यमबाट नेपाली समाजलाई स्वच्छ र स्वस्थ राख्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । संस्थाको अध्यक्ष रमेश कंडेल हुन् भने रेशमजंग कुँवर उपाध्यक्ष , निमा रुम्बा महासचिव, राम बहादुर मगर कोषाध्यक्ष चुनिएका छन् । सदस्यहरुमा ज्योती घिसिंग, विबेक थापा, राजन केसी, कामाक्षी दाहाल, सुजन टंडन, सनोज रिजाल, सामना रावत, कुसल श्रेष्ठ, आवाज अधिकारी, रक्कि थापा, विश्व पौडेल, शान्त गुरुंग र १ जना सदस्य कार्यसमितिले चुन्ने गरी
गठन गरिएको छ ।
बेल्जियममा रहेका बिभिन्न नेपाली तथा बेल्जिक संघ संस्थासंग समन्वय गर्दै नेपाली भाषा साहित्य, संस्कृति र स्वस्थ जिवनशैली विकास गर्ने यसको प्रमुख लक्ष्य
हुनेछ। संस्थाले समाजबाट सधै लिने मात्र प्रवृत्ति रहेको नेपाली समाजमा अब नेपाली समाजलाई दिने कार्यको थालनी गर्ने छ। समाज निर्माणमा यस संस्थाका सदस्यहरुले ज्ञान, समय र पैसा जे सकिन्छ निश्वार्थ भावनाले दिनेछन् । यस संस्थाले विशेष गरेर युवा वर्गलाई अग्रसर गराई समाजमा भाईचाराको माध्यमबाट एकआपसमा मिलीजुली रहने र युवा प्रतिभाको विकास गर्नेछ । राजनैतिक, धार्मिक र जातीयताबाट टाढै रहने संस्थाको सोच छ ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला