ब्रुजमा “हाम्रो क्लब” गठन

10743443_10204062735680768_1417573103_n

ब्रुज २० अक्टोबर । बेल्जियमको ब्रुजमा बसोबास गरिरहेका नेपाली जुझारु युवाहरुले  “हाम्रो क्लब” नामक संस्था स्थापना गरेका छ्न् । नेपाली युवाहरुलाई नेपाली भाषा पढ्न सिकाउदै खेलकुदको माध्यमबाट नेपाली समाजलाई स्वच्छ र स्वस्थ राख्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । संस्थाको अध्यक्ष रमेश कंडेल हुन् भने  रेशमजंग कुँवर उपाध्यक्ष , निमा रुम्बा महासचिव, राम बहादुर मगर कोषाध्यक्ष चुनिएका छन् । सदस्यहरुमा ज्योती घिसिंग, विबेक थापा, राजन केसी, कामाक्षी दाहाल, सुजन टंडन, सनोज रिजाल, सामना रावत, कुसल श्रेष्ठ, आवाज अधिकारी, रक्कि थापा, विश्व पौडेल, शान्त गुरुंग र १ जना सदस्य कार्यसमितिले चुन्ने गरी
गठन गरिएको छ ।

बेल्जियममा रहेका बिभिन्न नेपाली तथा बेल्जिक संघ संस्थासंग समन्वय गर्दै नेपाली भाषा साहित्य, संस्कृति र स्वस्थ जिवनशैली विकास गर्ने यसको प्रमुख लक्ष्य
हुनेछ। संस्थाले समाजबाट सधै लिने मात्र प्रवृत्ति रहेको नेपाली समाजमा अब नेपाली समाजलाई दिने कार्यको थालनी गर्ने छ। समाज निर्माणमा यस संस्थाका सदस्यहरुले ज्ञान, समय र पैसा  जे सकिन्छ  निश्वार्थ भावनाले दिनेछन् । यस संस्थाले विशेष गरेर युवा वर्गलाई अग्रसर गराई समाजमा भाईचाराको माध्यमबाट एकआपसमा मिलीजुली रहने र युवा प्रतिभाको विकास गर्नेछ । राजनैतिक, धार्मिक र जातीयताबाट टाढै रहने संस्थाको सोच छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री