लण्डन । उत्तरी भोजपुरको किमालुङ गाविसमा स्वास्थ्य चौकी भवन बनाउन युकेमा रहेका किमालुङबासीले १७ लाख रुपियाा सहयोग गर्ने भएका छन् ।
नेपाल सरकारले बनाइ दिएको स्वास्थ्य चौकी भवन अपुग भएपछि युकेमा रहेका गाउाबासीहरुले नयाा भवन निर्माण गरिदिन लागेका हुन् । सोको लागि हिजो लण्डनमा आयोजित च्यारिटी कार्यक्रममा गाउालेहरुले १७ लाख रुपियाा बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आयोजक नमस्ते किमालुङ समाज युकेका अध्यक्ष धर्मबहादुर तामाङले जानकारी दिए ।
स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय लाखधन तामाङले हालको स्वास्थ्य चौकी सागै जोडिएको पााच रोपनी जग्गा दान गरिसकेका छन् ।
च्यारिटी कार्यक्रममा कबुल गरिएको र संकलित रकम एकमुष्ट गरेर आगामी डिसेम्बर महिनामा नेपालमा हस्तान्तरण गरिने तामाङले जानकारी दिए ।
स्वास्थ्य चौकी भवन निर्माणका लागि समाजले नेपालमा निर्माण उपसमिति पनि गठन गरिसकेको छ । सो समितिले लगत बनाउने र निर्माणको रेखदेख गर्ने बताइएको छ ।
च्यारिटी कार्यक्रममा हाल बेलायत भ्रमणमा रहेका संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर काङमाङ राई पनि उपस्थित थिए ।

एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने