अदालतले अपराधी पुष्टि गरेमात्रै बेलायतले रुद्र आचार्य फर्काउने

काठमाडौं। कार्यवहाक प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी मध्येका एक रुद्रप्रसाद आचार्यलाई सुपदर्गीका लागि प्रक्रिया नपुगेको जवाफ बेलायत सरकारले दिएको बताएका छन् । संसदका साजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा आइतबार बोल्दै गौतमले बेलयातको कानुनअनुसार रुद्रप्रसाद अपराधी नठहर्ने र अदालतले दोषी ठहर गरेमात्रै पक्राउ फर्काउन सकिने जवाफ आएको बताएका छन् ।
Bamdev_Gautam

‘यो घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा पायो । रुद्रप्रसाद आचार्यलाई बेलायतका फर्काउन सकिएन । बेलायतको कानुनले आचार्यलाई अपराधी ठहर्दैन र अदालतबाट अपराधी पुष्टि भएपछि मात्रै पक्राउ गरेर फर्काउन मिल्छ भन्ने जवाफ आएकोले तरुन्तै कारवाही गर्न नसकेको हौं’, गौतमले समितिमा भने, ‘एकीकृत नेकपा माओवादीले आचार्यलाई पक्राउ गरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।’

कृष्णप्रसाद हत्यामा संलग्न देखिएको भन्दै नेपाल सरकारको आग्रहमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले आचार्यलाई पक्राउ गर्ने रेड कर्नर नोटिस जारी गरेको छ । आचार्य सन् २०१० देखि नै नर्दन आयरल्यान्डमा बस्दै आएका छन् । रेड कर्नरमा जारी भएको व्यक्तिलाई पक्राउ गरेर बुझाउनु सदस्य देशहरुको कर्तब्य मानिन्छ। इन्टरपोलले तीन महिनअघि नै आचार्यको नाममा पक्राउका लागि रेड कर्नर नोटिस जारी गरेको थियो।

रुद्र आचार्य। तस्विर: इन्टरपोल

रुद्र आचार्य। तस्विर: इन्टरपोल

कृष्णप्रसादको हत्यामा संलग्न भएकाहरुमाथि कारवाही माग गर्दै अनसनमै उनको पिता नुरप्रसादको मृत्यु भएपछि फेरि रेड कर्नर नोटिसमाथि भएको प्रगति बारेमा चर्चा शुरु भएको छ। नुरप्रसादको एक साताअघि अनसनकै क्रममा वीर अस्पतालमा निधन भएको थियो। तीन सय तीस दिनभन्दा बढी समयदेखि आमरण अनसनमा बसेकी कृष्णप्रसादकी आमा गंगामायाको स्वास्थ्य अवस्था गम्भीर छ।

छोराका हत्यामा संलग्न भएकामाथि कारवाही हुने ढोस आधार नभै अनसन नतोड्न आडान गंगामायाले राख्दै आएकी छिन्। चितवन जिल्ला अदालतलले पक्राउ पुर्जी जारी गर्ने वित्तिकै प्रहरीले पक्राउका लागि सहयोग गर्दै इन्टरपोल गुहारेका थियो। सूचना जारी गरेपछि स्कटल्यान्ड यार्ड इन्टरपोलले नेपालमा मुद्दा चलाउँदै आचार्य पक्राउ पत्र पठाएको थियो। नेपालको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ)ले चितवन रत्ननगरबाट कृष्णप्रसादको अपहरण गर्ने कार्यमा आचार्य पनि संलग्न रहेकोमा जोड दिँदै आएको छ ।

गोर्खाबाट हजुर आमालाई भेट्न चितवन आएका कृष्णप्रसादको अपहरण भएकै दिन २०६१ बैशाख २४ गते चितवनको बकलुहर चोकमा गोली हानी हत्या गरिएको शव भेटिएको थियो। इन्टरपोलले आचार्यको तीन पुस्ते विवरण, नागरिकता र पासपोर्ट नम्बर, फोटो फिङ्गर प्रिन्ट उनीमाथि लगाएको आरोप विवरण सूचना राखेको छ । मानवअधिकारवादीहरुले सशस्त्र द्वन्द्वको समयमा आचार्यले माओवादीको सार्फ सुटरको रुपमा काम गर्ने गरेको बताएका छन् ।

Rudra_Acharya11111

रत्ननगर चितवनका आचार्यको जन्म २०४० साल पुस २३ उल्लेख छ। कृष्णप्रसादका दाजु नुरप्रसादले आचार्यसहित एक दर्जन व्यक्तिविरुद्ध चितवन जिल्ला आदालतमा हत्याको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री