आयरल्याण्डमा नेपाली महोत्सव

1

लन्डन । नेपालको संस्कृति र पर्यटन प्रबर्धन गर्ने उद्देश्यले गत सेप्टेम्बर २१ मा आयरल्याण्डको डब्लिन स्थित फोनिक्स पार्कमा नेपाली महोत्सव (नेपाल डे)  सम्पन्न भयो । महोत्सवको संयुक्त अधिराज्य र सहप्रमाणिकरण आयरल्याण्डका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री एवं डब्लिन महानगरका कार्यबाहक लर्ड मेयर टेरेसा केगनले संयुक्त रुपमा पानसमा बत्ती बाली उदघाटन गरेका थिए ।

उक्त कार्यक्रममा आयरल्याण्डबासी नेपाली सहित हजारौको संख्यामा आइरिश समुदायको उपस्थिति थियो । फिंगल काउन्टी मेयर काउन्सिलर मागस मुर्रे, डब्लिनकी पूर्व लोर्ड मेयर तथा पूर्व यूरोपियन संसदकी सदश्य इम्मर कोस्तेल्लो बिशेष अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा नेपालका  बरिष्ठ लोक गायक तथा आमेरिका र पेनिसुलवेनिय  मेरिल्यान्डका लागि अवैतनिक महाबाणिज्यदूत प्रेम राजा महतको पनि  उपस्थिति थियो ।

महोत्सबमा नेपाली प्राकृतिक, सांस्कृतिक र सामाजिक परिदृश्य झल्काउने तस्बिरहरुको प्रदर्शनी , नेपाली संगीत, नृत्यहरु, विभिन्न हस्तकला सामग्रीहरुको स्टल तथा नेपाली स्वादिस्ट खानाका परिकारहरुको प्रदर्शन गरिएको थियो।

नेपाली दूतावास, नेपाल आयरल्याण्ड समाज र एनआरएनए आयरल्याण्डको संयुक्त पहलमा भएको उक्त कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत क्षेत्रीले यस किसिमका महोत्सवले आयरल्याण्डमा नेपाललाई चिनाउन उल्लेखनिय भूमिका निर्बाह गर्नुका साथै नेपालको पर्यटन र नेपाली सस्कृतिको प्रबर्दन, संरक्षण गर्ने कार्यमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । साथै उनले नेपाली हरु आइरिश समुदाय सँग सामुदायिका समन्वय गर्न उल्लेखनिय भूमिका निर्बाह गर्ने धारणा राखे । उनले नेपाल र आयरल्याण्ड को सरकारी स्तरबाट पनि सम्बन्ध बढाउने बिषयमा आफू लागिरहेको  जनाउदै  यसका लागि आयार्ल्यान्ड़मा अवैतनिक बाणिज्यदूत खोल्न आवश्यक भएको समेत बताए ।

प्रमुख अतिथि डब्लिन लोर्ड मेयर टेरेसा केगनले नेपाल डे को सफलताको कामना गर्दै यस्ता कार्यले दुई देश बीचको सम्बन्ध अरु बलियो बनाउने विचार ब्यक्त गरे ।त्यसैगरि,  फिंगल काउन्टी काउन्सिल मयोर मागस मुर्रे ले नेपालको पर्यटन बिकाशलाई बढावा दिन डब्लिन देखि काठमाडौँ सम्म सिधा उडान को व्यवस्था हुनुपर्नेमा जोड दिदै डब्लिन अन्तरास्ट्रिय एरपोर्ट आफ्नै नगर भित्र रहेकाले सम्बन्धित निकायमा आफूले यस  बिषयमा ध्यानाकर्षण  गरिसकेको र भविष्यमा यस मुद्दालाई अघि बढाउने बचन पनि दिइन् ।

कार्यक्रममा एनआरएनए आयरल्याण्डका अध्यक्ष गणेश प्रसाइले आयरल्याण्डमा आयोजना गरिएको नेपाल डे कार्यक्रमले देशको पर्यटन प्रर्वद्धनमा ठूलो सहयोग पुर्याउने कुरा ब्यक्त  र्दै एन आर एन आयरल्याण्डले गर्दै आएका बिबिध कार्यक्रम को बारेमा पनिं चर्चा गरेका थिए ।

नेपाली महोत्सब (नेपाल डे ) तयारी समितिका संयोजक तथा नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेश मान शाक्यले  अतीथी र नेपाल डे तयार गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य, प्रायोजक र कलाकार हरु लाई आयोजकको तर्फबाट धन्यवाद ब्यक्त गर्दै यस किशिमका कार्यक्रमले विशेष गरेर नेपाली कला र संस्कृतिको प्रचार–प्रसार गरेर आयरल्याण्डका नागरिकका बीचमा नेपाली प्रर्यटनको प्रचार प्रसार गर्नु रहेको बताए।

कार्यक्रमको शुरुमा नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कंडेलले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सुप्रसिद्ध लोक गायक प्रेम राजा महतले आकर्शक  लोकगीत प्रस्तुत गरे । त्यस्तै नेपाल कल्चरल ग्रुप आयरल्याण्ड का स्थानीय कलाकारहरुको नृत्य र गीतहरुको जोडदार प्रस्तुतिले सम्पूर्ण दर्शकलाई अत्यन्तै मनोरंजन प्रदान गरेको थियो । नेपालका विभिन्न जातजातिका भेष-भुषा लाई झल्काउने नृत्यले  दर्शकहरुलाई  भरपुर मनोरन्जन गराउन सफल गराएको थियो।

बिदेशी र नेपाली गरेर झन्डै ६ हजार दर्शकले उक्त मेलामा राखिएका नेपाल सम्बन्धित तस्बिरहरु निकै अभिरुचिका साथ अवलोकन गरेका थिए।  कार्यक्रमको अन्तमा कार्यबाहक राजदूतले सम्पूर्ण कलाकारहरुलाई प्रसंशा प्रमाण पत्र वितरण गरे । अन्तमा नेपाल घुमेर आउने दोहोरो हवाई टिकेट लगायत अन्य आकर्षक राफल पुरस्कार को घोषणा पनि गरिएको थियो ।  कार्यक्रम एन आर एन आयरल्याण्डका महासचिब प्रकाश श्रेष्ठ र करुणा थापाले संचालन गरेका थिए ।

सोही साझ आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरुको लागि डब्लिनस्थित रेडिसन ब्लु होटेलमा महान चाड दशैँको शुभ अवशरमा  प्रेमराजा महत साँझ आयोजना  गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री