नेपाल राष्ट्र बैकले दशैंको समयमा ४५ अर्ब रुपैयाको नयाँ नोट बजारमा पठाउने भएको छ । बैंकले बुधबारबाट नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिन वितरण गरिने छ । 
राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । यो वर्ष ५, १०, २०, ५० र १ सय रुपैयाको नयाँ नोट वितरण गर्न लागेको हो ।
बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले प्रतिव्यक्ति रु ५, १० र २० का दुई दुई प्याकेट र रु ५० र १०० दरका एक एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने राससलाई बताएका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्था एवम् सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटकपटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ ।
यस वर्ष रु २० देखि २५ अर्ब बराबरको नयाँ नोट र सोही बराबरका सुकिला नोट गरी रु ४५ अर्ब बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । सबै जिल्लामा पुर्याउनका लागि ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुपर्ने अवस्था आएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ । सबैभन्दा बढि प्रयोगमा आउने रु पाँच, १०, २० का नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी रु ५०, १००, ५०० र एक हजारको दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहर हुने गरेको छ ।
प्रवक्ता श्रेष्ठले नयाँ नोट छाप्न र पुराना नोट धुनका लागि राष्ट्र बैंकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनका लागि सर्वसाधारणमा अनुरोध गरे ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी