संविधानको अन्तर्वस्तुको बारेमा छलफल उत्कर्र्षमा पुग्ने समयमा प्रधानमन्त्री सुशील कोइराला भने दुई साता लामो विदेश भ्रमणमा निस्कने भएका छन् ।
संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्न असोजको पहिलो साता अमेरिका प्रस्थान गर्ने कोइरालाले युरोप हुँदै स्वदेश फर्किने भएका छन् । भ्रमणको क्रममा कोइरालाले मध्यपूर्वका देशका राजदूतहरुलाई युएइ र युरोपका राजदूतहरुलाई बेल्जियममा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसको अतिरिक्त न्युयोर्कमा कोइराललाको स्वस्थ्य परीक्षण हुने छ । फोक्सोको क्यान्सरका उपचार गराउनका लागि प्रधानमन्त्री कोइराला एक महिनाभन्दा लामो समय अमेरिका बसेर स्वदेश फर्किएका थिए । उनको उपचार न्युयार्कस्थित स्लोन मेमोरिया केटरिङ सेन्टरमा गरिएको थियो।
मन्त्रिपरिषदको बिहीबार सम्पन्न बैठकले कोइरालाको नेतृत्वको २२ सदस्यीय टोलीको भ्रमणलाई स्वीकृत प्रदान गरेको छ । टोलीमा नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कार्यवहाक सचिव शंकर बैरागी, राष्ट्र डेस्कका प्रमुख दीपक धिताल, शिष्टचार महापाल कालीप्रसाद पोखरेलसहितका रहेका छन् । कोइरालाले असोज १० गते महासभालाई सम्बोधन गर्ने छन् । त्यसअघि कोइराला राष्ट्र संघकै आयोजनामा असोज ७ गते आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिने छन् । असाेज ३ गते युएइतर्फ लाग्ने काेइरालला ब्रोसेल्स हुँदै असाेजका १७ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ । 
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप