लन्डन । नेपलिज नर्सिङ एसोसिएसन, यूकेको आगामी १४ सेप्टेम्बरका दिन एबीआइ कलेज लन्डनमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा छ ।
उक्त साधारणसभाले नयां कार्यसमिति चयन गर्ने भएकाले यसपटकको साधारणसभालाई विशेष चासोका साथ हेरिएको छ ।
अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सुशिला कार्की र महासचिव प्रसुना कंडेलको नाम अग्रपंक्तिमा छ । अन्य पदाधिकारीहरु समेत जिम्मेवारी सम्हाल्न इच्छुक रहेको बताइन्छ ।
एसोसिएसनले निर्वाचन प्रक्रियाका लागि निर्वाचन समिति समेत गठन गरेको छ, जसमा श्रीमति टुका स्याण्डवेल प्रमुख निर्वाचन आयुक्त छिन् । निर्वाचन समितिमा कृष्ण भट्ट र कृष्ण तिवारी निर्वाचन आयुक्त छन् भने पर्यवेक्षकमा बच्चु कैलाश कैनी र कुल आचार्यलाई तोकिएको छ ।
एसोसिएसनको निर्वाचन तालिका समेत सार्वजनिक भएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज सेप्टेम्बर १०, राती १२ बजेसम्म अन्तिम समयसीमा तोकेको छ भने उम्मेदवारी फिर्ता लिने समयसीमा १४ सेप्टेम्बर, राती १२ बजेसम्म निर्धारण गरेको छ । एसोसिएसनका अनुसार निम्न इमेल
[email protected] मार्फत उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
एसोसिएसनले बेलायतमा कार्यरत नेपाली नर्सहरु, नर्सिङ पढिरहेका विद्यार्थी, नेपालमा क्वालिफाइड भएर यूकेमा केअररका रुपमा काम गरिरहेका नर्सहरु, डेन्टल नर्स सबैलाई साधारणसभामा उपस्थित हुन आग्रह गरेको छ । अध्यक्ष वासु लामिछानेले साधारण सदस्यता लिएर सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न