बेलायत । पर्वत वेलफेयर सोसाइटी युकेको सेप्टेम्बर १४ का दिन हुने साधारण सभाको तयारी पूरा भएको सोसाइटीले जनाएको छ ।
फार्नब्रोको दियाली इण्डियन रेष्टुरेण्टमा बसेको सोसाइटीको बैठकले साधारणसभाका आवश्यक तयारी पूरा गरेको हो ।
समाजका अध्यक्ष रश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले नयां कार्यसमिति चयनका लागि मेजर रिटायर्ड खुशीमान गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी र एक बहादुर पुन रहेको निर्वाचन समिति गठन गरेको छ भने समाजले प्रत्येक बर्ष आयोजना गर्दै आएको विविक्यु सफल बनाउन नरजंग गुरुङको संयोजनमा तयारी समिति गठन गरेको छ ।
बैठकले कुश्मा नगरपालिकामा गएको पहिरोमा परि मृत्यु हुनेको परिवारलाई सहयोग गर्न पुरन गिरीको संयोजनमा राहात संकलन समिति गठन गरिएको छ ।पहिरोमा हरिलाल चापागाईंको तीनजना छोरी र श्रीमतीको मृत्यु भएको थियो ।
बैठकमा संस्थाका सल्लाहकार एवं एनआरएनए युकेका पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पू्र्व अध्यक्ष पुरन गिरी, उपाध्यक्षद्धय चन्द्र बहादुर गुरुङ र गोविन्द गुरुङ, सालीजा समाजका एकबहादुर पुन, दुर्लुङ समाज युकेका अध्यक्ष जुवारी लाल गुरुङ, एभरेष्ट टाइम्स साप्ताहिकका हरिकाजी गुरुङ, सदस्य शक्तिमान गुरुङ, सल्लाहकारहरु मे रि खुशीमान गुरुङ, नरजंग गुरुङ, शिव शर्मा गुरुङ, हरी गुरुङ, धन क्षेत्री, सरद क्षेत्री, रामसिंह घले, बल बहादुर भण्डारी, ओमप्रसाद गुरुङ, टेक बहादुर गुरुङ, नारायण कोन्मे गुरुङ, रामसिंह घले लगायत सहभागी थिए ।
महासचिव दधि आचार्यद्धारा सञ्चालित बैठकमा उपाध्यक्ष चन्द्र बहादुर गुरुङले स्वागत मन्तव्य दिए ।
बैठकमा साधारणसभाका लागि रबी लामिछानेले दुईसय पाउण्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा