
लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा काजिमान याक्सो निर्वाचित भएका छन् ।
चुम्लुङको शनिबार लण्डनमा सम्पन्न आठौा अधिवेसनले याक्सोको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाा कार्यसमिति चयन गरेको हो । याक्सोले आफ्ना प्रतिस्पर्धी छत्र तेयुङलाई विशाल मतको अन्तरले पराजित गरेका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा दिलसिंह मेन्याङ्बो निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तिलविक्रम सम्वाहाम्फे थिए । द्वितीय उपाध्यक्षमा नरप्रसाद थाम्सुहाङले बाजी मारे । उनले सोही पदका आकांक्षीहरु कल्पना आङबुहाङ र छत्र वनेमलाई पाखा लगाएका थिए । तृतीय उपाध्यक्षमा भने लीला सेलिङ निर्विरोध निर्वाचित भएकी छिन् ।
यसैगरी, महासचिवमा खगेन्द्र लावती, सचिवमा मान तबेबुङ, सहसचिवमा महेश वनेम, कोषाध्यक्षमा दिल इवारम र सहकोषाध्यक्षमा धन काम्वाङ सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
चुम्लुङका सबै शाखाहरुबाट प्रतिनिधिको नाम प्राप्त भएपछि आगामी पहिलो बैठकबाट समितिलाई पूर्णता दिने बताइएको छ ।
चुम्लुङको अधिवेसनलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चैतन्य सुब्बाले सम्बोधन गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा