
लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा काजिमान याक्सो निर्वाचित भएका छन् ।
चुम्लुङको शनिबार लण्डनमा सम्पन्न आठौा अधिवेसनले याक्सोको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाा कार्यसमिति चयन गरेको हो । याक्सोले आफ्ना प्रतिस्पर्धी छत्र तेयुङलाई विशाल मतको अन्तरले पराजित गरेका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा दिलसिंह मेन्याङ्बो निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तिलविक्रम सम्वाहाम्फे थिए । द्वितीय उपाध्यक्षमा नरप्रसाद थाम्सुहाङले बाजी मारे । उनले सोही पदका आकांक्षीहरु कल्पना आङबुहाङ र छत्र वनेमलाई पाखा लगाएका थिए । तृतीय उपाध्यक्षमा भने लीला सेलिङ निर्विरोध निर्वाचित भएकी छिन् ।
यसैगरी, महासचिवमा खगेन्द्र लावती, सचिवमा मान तबेबुङ, सहसचिवमा महेश वनेम, कोषाध्यक्षमा दिल इवारम र सहकोषाध्यक्षमा धन काम्वाङ सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
चुम्लुङका सबै शाखाहरुबाट प्रतिनिधिको नाम प्राप्त भएपछि आगामी पहिलो बैठकबाट समितिलाई पूर्णता दिने बताइएको छ ।
चुम्लुङको अधिवेसनलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चैतन्य सुब्बाले सम्बोधन गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश