लन्डन । बेलायतमा अचेल राष्टिय स्तरका नेपाली कलाकारहरुको आवतजावत अत्यधिक बढेको छ । अझ चाडपर्वका बेला यो क्रम अरु आकासिन्छ । तर, दुर्भाग्यवश लन्डनको साउथ इष्टतिर भने कमै कलाकार र आयोजकको ध्यान पुग्छ ।
नेपालीहरु अत्यधिक बसोवास गर्ने क्षेत्रमा नेपाली कार्यक्रमको अभावलाई मध्यनजर गर्दै स्थानीय युवाहरुको एउटा जमातले गोधुली इन्टरटेनमेन्ट संस्था गठन गरेको छ, जसको लक्ष्य नेपाली सांस्कृतिक कार्यक्रम निरन्तर गर्ने छ ।
गोधुली इन्टरटेनमेन्टले आफ्नो पहिलो कार्यक्रम दशैं शुभकामना गर्ने भएको छ आगामी २१ सेप्टेम्बर सांझ । वुलवीचस्थित न्यू वाइन चर्चमा हुने तय भएको उक्त कार्यक्रममा प्रमुख आकर्षक हुनेछन् लोकगायक मिलन लामा । स्थानीय गायकहरु विवेक श्रेष्ठ र गंगा थापाको समेत साथ हुनेछ कार्यक्रममा । कार्यक्रममा आकर्षक नृत्य समेत समावेश हुने आयोजकले जनाएका छन् ।
गोधुली इन्टरटेनमेन्टले साउथ इष्टवासी नेपाली सबैलाई शुभकामना सांझमा निमन्त्रणा गर्दै दशैं रमाइलोसंग मनाउन अपिल गरेको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक