लन्डन । एसियन महिला एसोसिएसन (आमा) को यही ७ सेप्टेम्बरमा हुने तीज कार्यक्रममा गायिका सिन्धु मल्ल उपस्थित नहुने भएकी छिन् ।
गायिका मल्ललाई बेलायतमा झिकाउने संस्था डिएसआइ इन्टरटेनमेन्ट र आमाबीच मल्लको पारिश्रमिकबारे केही असमझदारी भएपछि उनी कार्यक्रममा नआउने भएकी हुन् ।
यसअघि डिएसआइले पारिश्रमिकबारे केही नभनि कार्यक्रममा मल्ल आउने वचन दिएको थियो । तर, पछि ५ सयबाट झरेर तीनसय पाउण्डसम्म पारिश्रमिक दिएमात्र मल्ल कार्यक्रममा आउन सक्ने अडान लिएपछि मल्लको उपस्थिति रद्द भएको आमाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा आमाले कुनै व्यवसायिक संघसंस्था वा आयोजकहरुलाई रकम बांड्नुको सट्टा बरु आफू आपत विपत परेका महिलालाई सहयोग गर्न लालयित भएको
समेत प्रष्ट्याएको छ ।
आमाले गायिका सिन्धु मल्ल नआउने भएपनि पूर्व निर्धारित तीज कार्यक्रम भव्य हुनेमा विश्वस्त दिलाउंदै अप्रत्यासित घट्नाक्रमले कसैमाथि अप्ठेरो पर्न गएमा क्षमा समेत मागेको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस