सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा र अम्बिका लुईटेललाई फ्रान्सको लागि राजदूत सिफारिस गरेको हो ।
बेलायतस्थित नेपाली दूतावास राजदूतबिहीन भएपनि सरकारले नियुक्त गरेको छैन । सुरेशराज चालिसे फेब्रुअरीमा नेपाल फर्केदेखि दूतावास राजदूतविहीन रहँदै आएको छ । आर्कषक पोस्टिङ मानिने बेलायतमा आफ्नै मानिसलाई राजदूत बनाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको जोड छ ।
नियुक्ति गरेको व्यक्तिमाथि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै सिफारिस भएको व्यक्तिलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छन् । भारत लगायत दर्जन कुटनीतिक नियोग प्रमुख खाली छ । सत्तारुढ दलहरुबीच भागबण्डा नमिल्दा नियुक्ति प्रक्रिया रोकिएको हो । भारत, जर्मनी, अमेरिका, इजिप्ट, कतार, श्रीलंका, कुवेत र ब्राजिल, बहराइन रओमनमा
राजदूत नियुक्त गर्न बाँकी छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी