धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेकाहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको नव निर्वाचित कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ । अध्यक्ष बम ब्लदेनको अध्यक्षता तथा सचिब धन तामांगको संचालनमा स्थानीय ग्रेट गोर्खाज रेष्टुरेण्ट वेब्रिजमा सार्थक छलफल र भावी रणनीति तय गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा स्वागत गर्दै नव निर्वाचित अध्यक्षले संस्थालाई राजनीति, धर्म र जातिय धंङधङीबाट टाढै राख्ने, आफ्नो कार्यकालमा संस्था संग आबद्ध साथीहरुको भावना बुझेर काम गर्ने तथा जिल्लामा केही सृजनशिल कामहरु गर्न अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्दै गर्न सबैमा अनुरोध गरे । बैठकमा निवर्तमान अध्यक्ष रामबहादुर वाईवाले आफ्नो कार्यकालमा भए गरेका कामको सबिस्तार जानकारी र सजिला तथा अप्ठ्यारा पक्षहरुलाई बिष्लेशणात्मकरुपमा राखेका थिए ।
बैठकमा संस्थाको बिगतको कार्य समितिले नवनिर्वाचित समितिलाई आफ्नो कार्यभार हस्तान्तरण समेत गरेको थियो । पूर्ब कोषाध्यक्ष रबिन्द्र गुरुङले नवनिर्वाचित कोषाध्यक्ष गोल बहादुर तामाङलाई संस्थाको जिन्सी तथा नगद हस्तान्तरण गरे भने निवर्तमान अध्यक्ष रामबहादुर वाईबाले बर्तमान अध्यक्ष बम ब्लदेनलाई संस्थाको माईन्युट हस्तान्तरण गरेका थिए ।
बैठकमा आगामी बर्ष गरिने संभावित कामहरुको प्रस्ताब गर्दै अध्यक्षले निकट भबिश्यमै संस्थामा एक आपतकालिन राहत कोष स्थापनार्थ च्यारीटी कार्यक्रम आयोजना गर्ने योजना सुनाए । सदस्यहरु तथा संस्थासंग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेका मित्रजनहरुलाई भैपरि आउने आपत्कालिन अवस्थामा केहि सहयोग गर्न सकिने हेतुले यस कोषको संचालन गरिने प्रस्ताब सुझाब समेत पास गरियो । त्यस्तै नेपालमा हुने राष्ट्रिय बिपदमा समेत सहयोग गर्न संस्था संधै तत्पर र कृयाशिल हुने बारे सबैलाई अवगत गराइएको थियो ।
नेपाल तथा बेलायतको राष्ट्रिय चाडहरु दशै-तिहार, नयां बर्ष, क्रिशमस तथा लोह्सारको अवसर पारेर डिसेम्बरमा एक पारिवारिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गर्ने प्रस्ताब सर्बसम्मतिले अनुमोदन गरिएको छ । । जुनमा बार्षिक साधारण सभा तथा अगष्टमा समर भेटघाट गर्ने प्रस्ताबलाई बैठकले सर्बसम्मतिले अनुमोदन गर्दै थप रचनात्मक सोचलाई बैठले पछि पनि अनुसरण गर्ने निर्णय भएको छ ।
बैठकमा सल्लाहकारहरु नर बहादुर घले, यम घले, रामशरण सिमखडा, संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रकाश गुरङ लगायतले संस्थालाई पारदर्शी, समाबेशी तथा गतिशिल बनाउन विभिन्न सुझाब दिदै धादिङ र नुवाकोट बासीहरुको साझा र कृयाशिल संस्थाको रुपमा बिकास गर्न आ-आफ्नो तर्फबाट कार्य समितिलाई सक्दो सहयोग गर्ने वचन वद्धता समेत व्यक्त गरेका थिए ।
सो बैठकमा उपाध्यक्ष तुल बहादुर तामाङ, अशोक भण्डारी, मिरा तामाङ, देबी गुरुङ, बिर बहादुर पाख्रिन, दल बहादुर गुरुङ , मेष पाख्रीन , सानु गुरुङ मिन बहादुर घले लगायत समाजका पदाधिकारीहरु र आमा समूहको उपस्थिति थियो । बैठकको अन्तमा उक्त रेष्टुरेण्टका संचालक दिलाल तामाङलाई स्वादिष्ट भोजनको लागि धन्यबाद समेत दिइयो ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी