काठमाडौमा मानव निर्मित राष्ट्रिय झण्डा बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी शुरु भएको छ । कीर्तिमान निर्माणका लागि नेपाली समयअनुसार शनिबार बिहान सैनिक मञ्च टुडिँखेलमा कार्यक्रम आयोजना गरिनेछ। ‘नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ’ भन्ने भावनालाई स्थापित गराउन ३५ हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम तयारी भएको हो । ‘ह्युमन भ्यालुज फर पिस एन्ड प्रोस्पेरिटी’ ले ३५ हजार ९०७ मानिस उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाउन लागिएको जनाएको छ । 
यसअघि यो कीर्तिमान मानव निर्मित झण्डाको कीर्तिमान पाकिस्तानको नाममा छ । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड बनाएका थिए । नेपालको झण्डा जस्तो र जुन जुन रङ्गको छ त्यही रङ्गमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गर्न छन् । त्यसका लागि आवश्यक प्राविधक काम भैसकेको आयोजन सस्थाले जनाएको छ । झण्डा निर्माणका लागि प्रत्येक सहभागीले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको कागज बोक्ने छन् । कार्यक्रमका लागि बिहीबार दिउँसोसम्म ३० हजार सहभागीले नाम दर्ता गराइसकेका छन् । प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडाँै इन्जिनियरिङ क्याम्पसका विद्यार्थी गरेको छन् । सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको छ । विश्व रेकर्डका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ । काकार्यक्रममा सहभागीहरुले १०० शुल्क बुझाउनु पर्ने छ । आवश्यक रकम खर्च गरेर बाँकी रहेको रकम बाढीपीडितका लागि प्रदान गर्ने आयोजकहरुले जनाएका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता