कालीकोट । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भन्ने उखान कालिकोटकी धनपुरा विकको जीवनमा ठ्याक्कै मेल खान पुगको छ ।
सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी विकलाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ ।
विसं २०११ पुस १५ गते राम्नाकोट गाविसको वडा नं २ बाँझकोटमा जन्मिएर वडा नं ७ खार्दुमा विवाह गरेकी धनपुरा विकको गाउँघरको चलनअनुसार ११ वर्षको उमेरमा पुरातन परम्पराअनुसार माइती र पोइली पक्षको मिलेमतोमा जबर्जस्ती विवाह गरिदिएको थियो । विवाह बन्धनमा बाँधिएपछि उहाँले १३ वर्षको उमेरमा पहिलो छोरीको जन्म दिनुभएको थियो ।
अन्य सन्तान छोराछोरी जन्मिने र मर्ने गरेकाले सातौँ सन्तानमा छोरा जन्मेपछि पनि एक छोरा बाँच्छ या बाँच्दैन भन्ने निश्चित नभएकाले श्रीमान् विक्रमे विकसँगको आपसी सल्लाहमा अरु सन्तानको जन्म दिँदै गरेको उहाँको भनाइ छ । उहाँका अनुसार छोराको आशमा मात्र १६ सन्तान जन्माएको उहाँको तर्क छ ।
उहाँले थप्दै भन्नुभयो, “त्यतिबेला जसका चार छोरा र ४०÷५० वटा बाख्रा अनि गाईभँैसी छन्, उही नै गाउँको जान्ने मान्नेमा गणना हुने जमाना थियो ।” १६ सन्तान जन्मिए पनि उहाँसँग अहिले एक छोरा र चार छोरीमात्र छन् ।
उहाँले भन्नुभयो, “जन्मिएका आठ छोरा र तीन छोरीको मृत्यु भयो । त्यति सन्तान जन्मिए पनि दुई छोरीको विवाह भयो र दुई छोरी आफ्नो साथ रहेका छन् । एक छोराले विवाह गरेर दुई नाति जन्मिए पनि दोस्रो विवाह गरी माइती घरमा बस्दै आएका कारण अहिले म दुई छोरीको सहारामा बाँचिरहेकी छु ।”
दुई नाति र पहिलो बुहारी आफूसँग भए पनि काममा सहयोग नहुने भएका कारण बुहारी भएको र नभएकामा एउटै महसुस धनपुरालाई भएको छ । दुई नातिको मुख हेरेरमात्र चित्त बुझाइ बस्नुपरेको उहाँको भनाइ छ ।
छ वर्षअघि श्रीमान्को मृत्यु भएको बताउने धनपुराले ५० वर्षको उमेरमा घरमा बस्ने बेलामा युवा अवस्थामा झैँ काम गर्नुपरेको दुःखेसो पोख्नुभयो । ५० वर्षको बूढो उमेर भए पनि ४० केजीभन्दा बढीको भारी बोक्न सक्ने उहाँले बताउनुभयो ।
यसअघि छोराको आशमा फुकोटकी लालपुरा विकले ११ सन्तानको जन्म दिनुभएको थियो । कालीकोटका ग्रामीण क्षेत्रमा २० सन्तानसम्म जन्म दिएकी आइमाई अहिलेसम्म जीवित रहेको बताइन्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने