कालीकोट । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भन्ने उखान कालिकोटकी धनपुरा विकको जीवनमा ठ्याक्कै मेल खान पुगको छ ।
सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी विकलाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ ।
विसं २०११ पुस १५ गते राम्नाकोट गाविसको वडा नं २ बाँझकोटमा जन्मिएर वडा नं ७ खार्दुमा विवाह गरेकी धनपुरा विकको गाउँघरको चलनअनुसार ११ वर्षको उमेरमा पुरातन परम्पराअनुसार माइती र पोइली पक्षको मिलेमतोमा जबर्जस्ती विवाह गरिदिएको थियो । विवाह बन्धनमा बाँधिएपछि उहाँले १३ वर्षको उमेरमा पहिलो छोरीको जन्म दिनुभएको थियो ।
अन्य सन्तान छोराछोरी जन्मिने र मर्ने गरेकाले सातौँ सन्तानमा छोरा जन्मेपछि पनि एक छोरा बाँच्छ या बाँच्दैन भन्ने निश्चित नभएकाले श्रीमान् विक्रमे विकसँगको आपसी सल्लाहमा अरु सन्तानको जन्म दिँदै गरेको उहाँको भनाइ छ । उहाँका अनुसार छोराको आशमा मात्र १६ सन्तान जन्माएको उहाँको तर्क छ ।
उहाँले थप्दै भन्नुभयो, “त्यतिबेला जसका चार छोरा र ४०÷५० वटा बाख्रा अनि गाईभँैसी छन्, उही नै गाउँको जान्ने मान्नेमा गणना हुने जमाना थियो ।” १६ सन्तान जन्मिए पनि उहाँसँग अहिले एक छोरा र चार छोरीमात्र छन् ।
उहाँले भन्नुभयो, “जन्मिएका आठ छोरा र तीन छोरीको मृत्यु भयो । त्यति सन्तान जन्मिए पनि दुई छोरीको विवाह भयो र दुई छोरी आफ्नो साथ रहेका छन् । एक छोराले विवाह गरेर दुई नाति जन्मिए पनि दोस्रो विवाह गरी माइती घरमा बस्दै आएका कारण अहिले म दुई छोरीको सहारामा बाँचिरहेकी छु ।”
दुई नाति र पहिलो बुहारी आफूसँग भए पनि काममा सहयोग नहुने भएका कारण बुहारी भएको र नभएकामा एउटै महसुस धनपुरालाई भएको छ । दुई नातिको मुख हेरेरमात्र चित्त बुझाइ बस्नुपरेको उहाँको भनाइ छ ।
छ वर्षअघि श्रीमान्को मृत्यु भएको बताउने धनपुराले ५० वर्षको उमेरमा घरमा बस्ने बेलामा युवा अवस्थामा झैँ काम गर्नुपरेको दुःखेसो पोख्नुभयो । ५० वर्षको बूढो उमेर भए पनि ४० केजीभन्दा बढीको भारी बोक्न सक्ने उहाँले बताउनुभयो ।
यसअघि छोराको आशमा फुकोटकी लालपुरा विकले ११ सन्तानको जन्म दिनुभएको थियो । कालीकोटका ग्रामीण क्षेत्रमा २० सन्तानसम्म जन्म दिएकी आइमाई अहिलेसम्म जीवित रहेको बताइन्छ ।
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता