लन्डन । ज्याकी डोयल प्राइस प्रतिवेदन कुरिरहेका आन्दोलनरत गोर्खाहरुले आफ्ना माग सम्वन्धमा थप दबाब दिन हाउस अफ कमन्स्मा ‘मास लवि’ गर्ने भएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना माग जायज भएको अवगत गराउन आगामी २४ सेप्टेम्बरका दिन संसदमा यस्तो दवावमुलक कार्यक्रम तय गरेको हो ।
हाउस अफ कमन्स्मा हरेक बुधवार प्रधानमन्त्री हुने भएकाले त्यसै दिन कार्यक्रम राखिएको समितिका गोर्खा दूत डा. रामनारायण कन्दङ्वाले जनाए ।
‘त्यसदिन बीसौं सांसदलाई प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न पाउने अवसर भएकाले हामीले यसलाई ऐतिहासिक ठानेका छौं, कन्दङ्वाले भने ।
आफ्ना गुनासा राख्न मास लवि गर्न पाउने संवैधानिक अधिकार बेलायतमा भएकाले त्यसको सदुपयोग गर्न लागिएको गोर्खा नेताहरुले जनाएका छन् ।
हाउस अफ कमन्स्भित्र प्रवेश गर्नु अघि किङ जर्ज सालिक सामुन्ने हजारौं भूपू गोर्खा र तिनका परिवार भेला हुने र भित्र चाहिं करिब ५० देखि एकसय जनासम्म जाने कार्यक्रम छ । समितिले सबैलाई भेला भएर थप दवाव दिन आग्रह गरेको छ ।
गोर्खाहरुका समस्या अध्ययन गरेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन गठित ब्रिटेनको सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइस आगामी १५ सेप्टेम्बरमा साता दिनका लागि नेपाल जांदैछिन् । भ्रमणको दौरान आफूले तयार पारेको मस्यौदा प्रतिवेदन अझ परिमार्जित र मजवुत बनाउन अध्यक्ष प्राइसले दुःख कष्ट झेलिरहेका भूपू गोर्खाहरु बस्ने गाउं गएर थप अध्ययन गर्ने अपेक्षा छ । प्राइस बेलायत फर्कने समय मिलाएर दवाव मुलक कार्यक्रम हुन लागेको हो ।
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर