लन्डन । ज्याकी डोयल प्राइस प्रतिवेदन कुरिरहेका आन्दोलनरत गोर्खाहरुले आफ्ना माग सम्वन्धमा थप दबाब दिन हाउस अफ कमन्स्मा ‘मास लवि’ गर्ने भएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना माग जायज भएको अवगत गराउन आगामी २४ सेप्टेम्बरका दिन संसदमा यस्तो दवावमुलक कार्यक्रम तय गरेको हो ।
हाउस अफ कमन्स्मा हरेक बुधवार प्रधानमन्त्री हुने भएकाले त्यसै दिन कार्यक्रम राखिएको समितिका गोर्खा दूत डा. रामनारायण कन्दङ्वाले जनाए ।
‘त्यसदिन बीसौं सांसदलाई प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न पाउने अवसर भएकाले हामीले यसलाई ऐतिहासिक ठानेका छौं, कन्दङ्वाले भने ।
आफ्ना गुनासा राख्न मास लवि गर्न पाउने संवैधानिक अधिकार बेलायतमा भएकाले त्यसको सदुपयोग गर्न लागिएको गोर्खा नेताहरुले जनाएका छन् ।
हाउस अफ कमन्स्भित्र प्रवेश गर्नु अघि किङ जर्ज सालिक सामुन्ने हजारौं भूपू गोर्खा र तिनका परिवार भेला हुने र भित्र चाहिं करिब ५० देखि एकसय जनासम्म जाने कार्यक्रम छ । समितिले सबैलाई भेला भएर थप दवाव दिन आग्रह गरेको छ ।
गोर्खाहरुका समस्या अध्ययन गरेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन गठित ब्रिटेनको सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइस आगामी १५ सेप्टेम्बरमा साता दिनका लागि नेपाल जांदैछिन् । भ्रमणको दौरान आफूले तयार पारेको मस्यौदा प्रतिवेदन अझ परिमार्जित र मजवुत बनाउन अध्यक्ष प्राइसले दुःख कष्ट झेलिरहेका भूपू गोर्खाहरु बस्ने गाउं गएर थप अध्ययन गर्ने अपेक्षा छ । प्राइस बेलायत फर्कने समय मिलाएर दवाव मुलक कार्यक्रम हुन लागेको हो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी