महेन्द्रनगर
। महिनावारी हुँदा घरमा सुते देउवा रिसाउने भन्दै अझै पनि सुदूरपश्चिमको पहाडी जिल्लाका महिला गोठमै बास बस्ने परम्परा कायम नै छ ।
महिनावारी हुँदाको समयसम्म गोठमै बस्ने वर्षौंदेखिको रूढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी जिल्लाका महिला अझै टाढा हुन सकिरहेका छैनन् । पहाडी जिल्ला बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, बाजुरालगायतका विकट पहाडी गाविसमा यो प्रथाले निरन्तरता तोड्न सकिरहेको छैन ।
विभिन्न जनचेतनामूलक कार्यक्रमको पहाडी जिल्लाका सदरमुकाम र आसपासका क्षेत्रका महिलाले यो प्रथालाई इन्कार गरिसकेको भए पनि ग्रामीण भेगमा यसको प्रभाव अझै कायम छ । महिला सुत्केरी र महिनावारी भएको अवस्थामा गोठमै बस्छन् ।
त्यसैगरी डेडलधुराको जोगबुडा, शीर्ष, आलिताल, गाँखेतलगायतका गाविसका महिला पनि यो प्रथाबाट टाढिन सकेका छैनन् । यहाँका महिलालाई महिनावारी र सुत्केरी भएका बेला गाई, गोठ र छुट्टै कटेरो बनाएर राख्ने गरेका छन् ।
उक्त क्षेत्रमा विभिन्न सङ्घसंस्थाले कार्यक्रम थालनी गरेको भए पनि गाउँमा रहेका छाउपडी गोठ भने यथावत् छन् । छाउपडी गोठ र छुट्टै कटेरो बनाएर राख्दा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेका छन् । सुत्केरी र महिनावारी भएका महिलालाई खानेकुरामा समेत बन्देज लगाइने गरेका कारण जन्मिने शिशु र महिलामा विभिन्न सङ्क्रमण हुने गरेका छन् ।
महिनावारी भएकालाई ६ दिन र सुत्केरीलाई २२ दिनसम्म घरबाट अलग भुइँमा सुताएर राख्ने गरिन्छ । यो अवधिमा दूध, दही, माछा, मासु र हरियो तरकारी खान नहुने कुसंस्कारले मातृ, शिशु र बाल मृत्युदरमा वृद्धि भएको देखिन्छ । महिनावारी भएपछि घरमा बसे देवी–देवता रिसाउने भन्ने परम्परागत मान्यता रहेकाले आफूहरूले छाउपडी बस्नका लागि बनाइएको झुप्रोमै बस्न बाध्य भएको जोगवुडा–६ कुयापानीकी मनसरा कामी बताउँछिन् । डडेलधुराका ग्रामीण क्षेत्रमा घरबाट करिब एकदेखि दुई किलोमिटरसम्मको टाढामा खरले छाएका छाउपडी झुप्रा बनाउँछन् ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस