काठमाडौँ, साउन २१ गते । यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिन राहदानी विभागमा दैनिक भीडभाड बढिरहेका बेला विभागलाई अहिले अर्कै चटारो थपिएको छ । दस्तुरसहित सबै प्रक्रिया पुर्याएर आवेदन गरेका झन्डै तीन हजार सेवाग्राहीले पाँच वर्षदेखि एमआरपी नलिँदा विभागलाई त्यसको सुरक्षित व्यवस्थापनमा समस्या परेको हो ।
विसं २०६७ पुस १७ गतेदेखि एमआरपी जारी गर्न सुरु भएदेखि नै बनेका राहदानी केही सेवाग्राहीले आजसम्म नलिँदा तिनको संरक्षणमा समस्या परेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।
सेवाग्राहीलाई बनिसकेका राहदानी तत्काल लैजान आग्रह गर्दै यही साउन ३१ गते शनिबार बिहान ८ बजेदेखि १ बजेसम्ममा नारायणहिटीस्थित विभाग खुला राखिएको जानकारी उनले दिए ।
“सेवाग्राहीमा द्रूत सेवाअन्तर्गत आवेदन गरिएका राहदानी बनिहाल्छन् जहिले लिए पनि हुन्छ भन्ने मानसिकताका कारण उनीहरू लिन नआएका हुनसक्छ”, महानिर्देशक खनालले भने, ‘‘सात कार्य दिनमा एमआरपी प्राप्त गर्न आवेदन दिने अनि वर्षौंसम्म लिन नआउनु जानकारीको अभाव पनि हुनसक्छ ।’’
दशहजार रुपैयाँ दस्तुर बुझाएर द्रूत सेवा उपयोग गरेका सेवाग्राही एमआरपी लिन नआएपछि विभागले ‘पेन्डिङ’ राहदानी प्रत्येक सोमबार र बिहीबार अपराह्न २ देखि ४ बजेसम्म वितरण गर्ने व्यवस्था मिलाएकामा अझै तीन हजार एमआरपी बाँकी रहेकाले अभियानकै रुपमा बिदाको दिन पनि ती राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
सबै राहदानी आवेदकलाई तत्काल आफ्ना एमआरपी लैजान अपिल गर्दै आवेदन दर्ता गर्दा विभागले प्रदान गरेको भौचर, नागरिकता प्रमाणपत्रको सक्कल प्रति र पुरानो राहदानी भए त्यो पनि सक्कल नै लिएर आवेदक स्वयम्लाई उपस्थित हुन आग्रह गरे ।
लामो समयदेखि त्यति धेरै राहदानी एकै ठाउँमा भण्डारण गर्दा तीनमा ढुसी पर्ने, लेखिएका विवरण मेटिने, नासिने भएकाले तत्काल विभागले उपलब्ध गराएको सुविधाको उपभोग गर्न महानिर्देशक खनालले अनुरोध गरे ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?