बेल्जियम । बेल्जियमको ठूलो राजनीतिक पार्टी एनभीआ सम्वद्ध नेताहरुले बेल्जियमवासी नेपालीहरु मिहेनती, इमान्दार र मिलनसार भन्दै प्रशंसा गरेका छन् ।
गैर आवासीय नेपाली संघ युरोप अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कंडेलको संयोजकत्वमा ब्रुजको कानिकास्थित सुसी रेष्टुरेन्टमा २८ जुलाइमा आयोजित एनभीआ ब्रुज र ब्रुजका नेपाली समुदायबीचको भेटघाटमा नेपालीको प्रशंसा भएको हो । एनभीआ ब्रुजकी उपाध्यक्ष इंग फान हुल्लकै सल्लाहमा कार्यक्रम तय भएको थियो ।
कार्यक्रममा एनभीआ बोर्ड सदस्य र प्रतिनिधिहरु गरि करिब २० जना अतिथी र त्यतिकै संख्यामा नेपाली सहभागी थिए । उक्त अन्तरक्रियामा एनभीआ बेल्जियमका सिनेटर पोल फान देन द्रिस्सले कार्यक्रममा बोलाएकामा एनभीआको तर्फबाट नेपाली समुदायलाई धन्यवाद दिंदै बेल्जियमको सम्वृद्धि र उन्नतिका लागि नेपालीहरुको आवश्यकता रहेको बताए । स्मरणरहोस्, बु्रजका नेपाली विशेषगरि होटल व्यवसाय र पर्यटन उद्योगमा संलग्न छन् ।
संक्षिप्त मन्तव्यका क्रममा एनभिआ अध्यक्ष प्रिम एर्वीनले यसअघि नेपालीहरु मिहेनती र इमान्दार हुन्छन् भन्ने सुनेको मात्र उल्लेख गर्दै आज प्रत्यक्ष भेटेर कुराकानी र परिचय गर्न पाउंदा खुशी लागेको जनाए । एर्वीनलाई नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले शान्तिको प्रतिक बुद्धको मुर्तिसहित सम्मान गरे ।
एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुवेदी, निवर्तमान अध्यक्ष कमल पन्थीले नेपालीहरु इमान्दार, मिहेनती र समाजमा घुलमिल हुन सक्ने भन्दै बेल्जियमस्थित राजनीतिक पार्टीले प्रशंसा गर्नु सकारात्मक भएको उल्लेख गरे । अन्य सहभागीले यस्ता कार्यक्रमले स्थानीय समुदायमा नेपालीलाई समायोजन गर्न सघाउने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकारहरु सत्यराज र स्वरुपराज आचार्यको गायनमा सहभागी रमाए । उक्त कार्यक्रममा स्वागत मन्तव्य र सञ्चालन रमेश कंडेलले गरेका थिए ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु