लण्डन । नेपाली व्यवस्थापनमा लण्डन एल्थाममा सञ्चालित याक एण्ड यति रेष्टुरेन्ट पुनः संसदीय तहको प्रतिष्पर्धा टिफिन कपमा चुनिएको छ ।
स्थानीय सांसद क्लिभ एफोर्डले याक एण्ड यतिलाई आफ्नो क्षेत्रमा दक्षिण एसियाली खाना पस्कने सर्वोत्कृष्ट रेष्टुरेन्ट छान्न स्थानीयसंग गरेको आग्रहअनुसार रेष्टुरेन्ट छानिएको हो ।
बेलायती संस्था तथा व्यक्तिहरुले आ–आफ्नो क्षेत्रको एउटा उत्कृष्ट रेष्टुरेन्ट छानेपछि अन्तिम प्रतियोगिता बेलायती संसद् भवनमा गरी टिफिन कप प्रदान गर्ने प्रचलन छ । हालै सांसद एफोर्डले रेष्टुरेन्टमै गएर त्यस क्षेत्रको सर्वोत्कृष्ट रेष्टुरेन्टमा छानिएको जानकारी गराएका थिए । उनले उपाधिस्वरुप प्रमाणपत्र र भान्सेलाई विशेष किसिमको ज्याकेट समेत प्रदान गरे ।
सांसद एफोर्डले बधाइ दिंदै भने, “याक एण्ड यति दोस्रो वर्ष पनि सर्वोत्कृष्ट रेष्टुरेन्ट भएकोमा म ज्यादै खुसी छु । एकपटक मात्र सफल हुनु राम्रो कुरा हो तर दोहो¥याएर सफल हुनु भनेको ज्यादै गज्जबको कुरा हो किनभने बेलायतमा दक्षिण एसियाली खाना पस्कने कैयौं राम्रा रेष्टुरेन्ट छन् र तीमध्ये पनि यो सर्वोत्कृष्ट
बन्यो ।”
याक एण्ड यति सञ्चालक महेन्द्र कंडेलले सफलताका लागि अहोरात्र मिहिनेत गरिरहेका कर्मचारी र सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिएका छन् । याक एण्ड यति कंडेल ग्रुप अफ कम्पनीजद्वारा लण्डनमा सञ्चालित चेन रेष्टुरेन्ट हो । यसले गत महिना मात्र फिन्सबरी पार्क, लन्डनमा आफ्नो शाखा थपेको थियो । यसबाहेक क्रिस्टल प्यालेस, एल्थाम र ब्रोम्लीमा पनि रेष्टुरेन्ट चालु छन् ।
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक